Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा नगरको पोल्टामा पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि

1747748828608-1747748996.jpg

उपाधिका साथ टिम थाहा

हेटौंडामा भएको तेस्रो संस्करणको मकवानपुर जिल्ला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको टिमले हात पारेको छ । मंगलबार हेटौंडा–४,हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न भएको महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकाको महिला टिमलाई ३–० को सोझो सेटले हराउँदै थाहा नगरपालिकाको महिला टिमले उपाधि आफ्नो पक्षमा पारेको छ । थाहा नगरले हेटौंडालाई क्रमशः २५–२०, ३०–२८ र २५–१९ को सोझो सेटले सहजै हराउँदै उपाधि जित्न सफल भएको हो ।

उपाधि जितेसँगै थाहा नगरपालिकाको महिला टिमले एक लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हेटौंडाको महिला टिमले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै सेमीफाइनलमा पराजित भएका बकैया र भीमफेदीको महिला टिमले जनही ३०÷३० हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै थाहा नगरपालिकाकी गंगा गुरुङले ७ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेकी छिन् । यस्तै थाहा नगरका किरण गिरी उत्कृष्ट प्रशिक्षक, हेटौंडाकी अप्सना उप्रेती उद्ययमान खेलाडी, हेटौंडाकी आयुषा सिंह दनुवार उत्कृष्ट डिफेन्डर, भीमफेदीकी तुलसी चौधरी उत्कृष्ट ब्लकर, थाहा नगरकी लक्ष्मी बलामी उत्कृष्ट सेटर र हेटौंडाकी नेहा चौधरी उत्कृष्ट स्पाइकर घोषित हुँदै जनही ४-४ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबलको संयुक्त आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा आइतबारबाट सुरु भएर मंगलबारसम्म सञ्चालन भएर सम्पन्न भएको हो । प्रतियोगिताका लागि मकवानपुर जिल्ला खेलकुद विकास समिति र नगर खेलकुद विकास समितिले सहकार्य गरेको छ ।

केशवलाल प्रतिष्ठानका अध्यक्ष प्रताव विष्टको अध्यक्षतामा तथा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन कार्यक्रम भएको हो । समापन समारोहमा प्रदेश खेलकुद विकास परिषद्, बागमीका निवर्तमान बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्गी, कार्यालय प्रमुख माधव कोइराला, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका निवर्तमान प्रमुख कृष्णप्रसाद घिमिरे, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

1747748831142-1747748996.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...