pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा गोल्डकप :- सेमिफाइनल समीकरण पुरा

FB_IMG_1716723924903-1716723942.jpg

थाहा नगरमा जारी थाहा गोल्ड कप फुटबल प्रतियोगिताको पाचौं संस्करणमा आज क्वाटरफाइनलका दुई खेलहरु भएका छन।
आज भएको पहिलो क्वाटर फाइनल खेल विनयबाबु स्मृति प्रतिष्ठान र सकृय युवा क्लब बिच भएको खेलमा सक्रिय युवा क्लवले  ३-१को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ।  खेलको  २१ औं मिनेटमा सकृय युवा क्लबका जर्सी नम्वर १७ का खेलाडी रुपक बिष्टले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने दोश्रो गोल सक्रियकै जर्सी नम्वर ९ का ज्याकी बलामीले पहिलो मध्याह्न अगाडी २७ औं मिनेटमा अर्को गोल गरेका थिए । मध्यान्तर पछी विनयबाबुका महेश तामाङले उत्कृष्ट कौशल प्रदर्शन गर्दै १ गोल गर्न सफल भएका थिए । त्यस पछि पनी उनैले लगातार दुई पटक धेरै राम्रो प्रयासहरु गरे पनि सकृयका गोलकिपरले उनको प्रयासलाई बिफल तुल्याएका थिए । 
खेलको चौथो तथा अन्तिम गोल सकृयकै ज्याकी बलामीले गरेका थिए । म्यान अफ दी म्याच पाउन पनि सफल रहे । अर्को अन्तिम क्वाटर फाइनल खेल ॠषेश्वर ११ र भिमफेदी एफसी बिच भएको थियो जसमा जर्सी नम्वर १० का सुनिल तामाङले गरेको गोलले  ॠषेश्वर ११ ले सेमि फाइनलमा प्रवेस पाएको छ । यो खेलमा ॠषेश्वर ११ का सुनिल तामाङले म्यान अफ दी म्याच पाउन सफल भएका थिए । 
भोली कुर्दन एकेडेमी चन्द्रागिरी बिरुद्द चित्लाङ खेलकुद बिकास समिती सकृय युवा क्लब थाहा चार बिरुद्द  ॠषेश्वर ११ बिच सेमिफाईनल खेलहरु हुनेछन । पहिलो खेल बिहान ८ बजे र दोश्रो खेल बिहान १० बजे हुनेछ । थाहा गोल्ड कपको दोश्रो पुरस्कार रुपैया एक लाखको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टको रहेको छ भने शिल्ड तथा ट्रफीको सम्पुर्ण प्रायोजन पालुङ बहुउद्देश्यिय सहकारी संस्थाले गरेको छ । 
शिखर क्लबले ब्यवस्थापकिय जिम्वेवारी लिएको प्रतियोगीतालाई बजार ब्यवस्थापन समिती शिखरकोट, नव जागृत पुस्तकालय, फरक सोच, थाहा ब्याडमिन्टन संघ, पालुङ जेसीज लगायतका सस्थाले सहयोग गरिरहेका छन ।

FB_IMG_1716723912206-1716723942.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...