Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा गोल्डकपको उद्घाटन भोलि दिउसो १ बजे हुने,१८ टिमको सहभागी(खेल तालिका सहित)

324549305_166050914775263-1673270106.jpg

चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ देखि इन्द्रायणी चौरको खेल मैदानमा दिउँसो १ बजे थाहा नगरका नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नुहुने भएको छ। "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मोत्सव पारेर रुदाने कै स्मृतिमा हरेक बर्ष पुस २६ मा प्रतियोगिताको आयोजना हुदै आइरहेको छ | थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै आइरहेको प्रतियोगितामा पहिलो सस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२\३२ टोलीको सहभागिता रहेको थियो| भने यो पटक १८ टिमले सहभागी जनाउन टिम दर्ता गरेको नगर खेलकुद बिकास समितिका सदस्य यादव रायमाझीले बताए । आज शंकर होटलमा गोला तानी चौथो थाहा गोल्डकपको खेल तालिका सार्वजनिक गरियो (हेर्नुस तालिका)

अगाडिको सस्करणमा २५ हजार दर्शकले भौतिक उपस्थितिमा तथा ५ लाख दर्शकले अनलाइनमा प्रतियोगिताको लाइभ प्रसारण हेरेका थिय

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं ,धादिंग ,हेटौडा ,चितवन ,सिमरा लगायतका टोलीले भाग लिदै आइरहेको प्रतियोगिताका संयोजक टिकाराम स्याङ्तानले बताए । बिगतमा सफलतापुर्वक सम्पन्न थाहा गोल्डकप बाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताको औचित्य भएको खेलकुद बिकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताउनुभयो वहाले थाहा गोल्डकप बाट मकवानपुर जिल्लालाई खेलको माध्यम बाट परिचित गराउन समेत सहयोग पुर्यायको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय स्तरको टिममा जिल्लाको उत्तरी भेगको थाहा नगरपालिकाको समेत प्रतिनिधित्व हुने बातावरण बनाउन सफल हुने हुदा प्रतियोगिताको आवश्यकता बढेर गएको बताए | चौथों संस्करणको प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले जनायो।१० दिन सम्म चल्ने प्रतियोगिताको लागि दर्ता शुल्क प्रति टिम १२ हजार र कार्ड डिपोजिट ३ हजार शुल्क तोकेको छ। यस बर्ष देखि पुरस्कार राशिमा बृद्दि गर्दै १ लाख बाट बढाएर नगद २ लाख पुर्याउदै उपबिजेताले नगद १ लाख पुरस्कार पाउने छन् नगद बाहेक शिल्ड ,प्रमाणपत्र तथा मेडल सहित प्रत्यक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ | प्रतियोगिता गोल नेपाल डट कम अनलाइन बाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी दियको छ । 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...