Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा–काठमाडौं सवारी अवरोध हट्यो, पीडित पक्ष र नारायणी संघबीच सहमति

1748573657254-1748875649.jpg

थाहा नगरपालिका 
थाहा नगरपालिका वडा नं. ९ का स्थायी बासिन्दा  कृष्ण बलामी लगायत थाहा १ झम्केश्वरी माबिका दुई शिक्षकको  जेठ १२ गते  थाहा ३ त्रिभुवन राजमार्ग अन्तर्गत स्कुलचोकमा बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट दुःखद निधन भएपछि उत्पन्न परिस्थितिलाई लिएर स्थानीयबासी, पिडित पक्ष, सवारीधनी, नारायणी यातायात व्यवसायी संघ तथा सरोकारवालाबीच आज ईलाका प्रहरी कार्यालय, पालुङ्गमा आपसी छलफल सम्पन्न भएको छ। छलफलबाट आपसी सहमति भएपछि यसअघिको सवारी आवागमनमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो।

घटनापछि स्थानीय मागलाई सम्बोधन गर्दै वडा कार्यालयले मिति २०८२ जेठ १३ गतेदेखि चित्लाङ–चन्द्रागिरी–थानकोट (गणेशमान सिंह मार्ग) हुँदै काठमाडौं आवतजावत गर्ने भाडाका सवारीसाधनमाथि अस्थायी रूपमा रोक लगाएको थियो। तर आज सम्पन्न छलफलमा पिडित पक्षसँग सहमति भएपछि भोलिदेखि अर्थात् जेठ २० गते मंगलबारबाट सो सडकखण्डमा नारायणी यातायात व्यवसायी संघ अन्तर्गतका सबै सार्वजनिक सवारी साधन सञ्चालनमा कुनै अवरोध नरहने वडा कार्यालयले जनाएको छ।

साथै नारायणी यातायात व्यवसायी संघले सो सडकखण्डमा अस्थायी रुट इजाजतका लागि थाहा नगरपालिका कार्यालयमा पत्राचार गरिसकेको जानकारी दिइएको छ। त्यसका आधारमा नगरपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालय, मकवानपुरसँग समन्वय गर्दै अस्थायी रुट इजाजतका लागि प्रक्रिया अघि बढाइसकेको र स्थायी रुट परमिटका लागि समेत चाँडै आवश्यक पहल गरिने जनाइएको छ।

थाहा नगरपालिका वडा नं. ९ कार्यालयले स्थानीयवासी, यात्रु तथा सरोकारवाला सबैलाई यो जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको छ।
हेर्नुस सूचना 

FB_IMG_1748873681257-1748875672.jpg
FB_IMG_1748879859019-1748879938.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...