pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा ३३ के भी लाईन ल्याउन बाटो खुल्यो मार्खु र फाँटबजार सब–स्टेशन छिट्टै चल्ने

FB_IMG_1691081734394-1691123317.jpg

मातातिर्थ मार्खु ३३ के.भी प्रशारण लाईन निर्माण गर्न वाटो खुलेको छ ।  मन्त्रीपरिषद्को साउन १६ गते बसेको बैठकले नेपाल विद्युत प्राधिकरणलाई मातातीर्थ–मल्टा ३३ केभी प्रसारण लाइनका लागि ‘टावरप्याड’ र ‘राइट अफ वे’ को निर्माणका लागि काठमाडौं, ललितपुर मकवानपुरमा रहेको राष्ट्रिय वन र वन क्षेत्रको २४.६७ हेक्टर जग्गा २० वर्ष प्रयोग गर्न दिने निर्णय गरे पछि लाईन निर्माणमा लामो समय देखि भएको वनको अवरोध हटेको हो । मन्त्री परिषदको निर्णयसँगै विद्युत प्रसारण लाइनका लागि वन क्षेत्रमा पर्ने ४ हजार १ सय ७२ रूख कटान गर्न स्वीकृति दिने निर्णय गरेको हो । यो सँगै मातातिर्थ मार्खु ३३ केभी प्रशारण लाईन निर्माणको बाटो खुलेको हो  ।
एक दशक अघिबाट शुरु भएको परियोजना अन्तर्गत मार्खुमा ३३÷११ को सब स्टेशन निर्माण भएपनि मातातिर्थ माखु्र्र खण्ड अन्तर्गत मातातिर्थ देखि मकैबारी हुदैं चखेल सम्म वन क्षेत्र भएका कारण लाईन निर्माण हुन सकेको थिएन । 
मातातिर्थ बाट ललितपुरको माल्टा सम्म लाईन निर्माण हुन बाँकी भए पनि ईन्द्रसरोवरको चखेल देखि मार्खु सम्म भने ३३ केभी लाईन निर्माण भईसकेको छ । मातातिर्थ माल्टा खण्डको लाईन अन्तर्गत ईन्द्रसरोवरको चखेलबाट जोडिएर ३३ के.भि. लाईन मार्खु ल्याईने आयोजनाले जनाएको छ । 
मार्खुमा सब स्टेशन बनेको लामो समय हुँदा पनि वन क्षेत्रबाट लाईन निर्माण गर्ने बाटो नखुल्दा आयोजना अलपत्र परेको थियो । 
विद्युत प्राधिकरणले उत्तरी मकवानपुरमा सहज विद्युत वितरण गर्न मार्खुमा ३३÷११ सब स्टेशन तयार भए सँगै थाहा नगरको फाँटबजारमा बनाईरहेको ३३÷११ को सब–स्टेशनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । सोही परियोजना अन्तर्गत मार्खु पालुङ ३३ के.भि लाईन निर्माण कार्य धमाधम भईरहेको पनि प्राधिकरणले जनाएको छ । ईन्द्रसरोवर र थाहाका केहि भुभागमा मार्खु सब स्टेशनबाट र थाहा नगर सहित कैलाशका केहि वडामा फाँटबजार सब स्टेशन बाट विद्युत प्रशारण गर्ने योजना रहेको पालुङ वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले बताए । 
विगत देखि धोर्सिङ्ग सब स्टेशनको एकमात्र स्रोतबाट करिब २ सय कि.मी लामो ११ केभी लाईन मात्रको पहुँच हुँदा लाईन नियमित नहुने भोल्टेज कम हुने र लाईनमा समस्या आईरहने गुनासो ३३ के.भी लाईन निर्माण भई सब स्टेशन संचालन भएपछि सम्बोधन हुने पनि केन्द्र प्रमुख रास्कोटीले बताए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...