Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा सामुहिक कृषीऔजार कारखाना, स्थानिय अत्मनिर्भर बन्दै
शिवानी बिश्वकर्मा

धेरै युवाहरु कामको खोजीमा बैदेशिक रोजगारिको लागि बिभिन्न देश गइरहेका छन् । आफ्नो श्रम र सीपलाई एक्लैमात्रले गर्न सकिएन भने सामुहिक रुपमा गर्दा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गरिरहेका छन् थाहा नगरपालिका वडा नम्बर ४ बिश्वकर्मा टोलका स्थानियबासीहरु । उनिहरु अहिले राम्रो आम्दानी सँगसँगै आफ्नो जिवन स्तर मात्र सुधार गरीरहेका छैनन् गाउँनै आत्मनिर्भर बनाइ रहेका छन् । थाहा नगरपालिका वडा नम्बर ४ बिश्वकर्मा टोलमा कृषि औजार उत्पादन, प्रदर्शनी तथा विक्री केन्द्र खुले पछि यस्तो बाताबरण बनेको हो । बिश्वकर्मा टोलमा यो कारखाना खुल्नु भन्दा पहिले उनिहरु आ–आफ्नो घरमा परम्परागत रुपमा बेग्ला– बेग्लै रुपमा काम गर्ने गरिरहेका थिए । सामुदायिक बिकाश केन्द्र नेपाल (सिसिडिएन)ले कारखानाको लागि ट्रस्ट निर्माण गरि नपुग औजार सहयोग गरेपछि ७ जना मिलेर सामुहिक रुपमा कारखाना चलाउन थालेको कारखानाका अध्यक्ष घनश्याम कोइरालाले बताउनु भयो । परम्परागत रुपमा घरैमा आएका कामहरु गर्दा ब्यावसायिक लाभ नहुनाको कारण यो पेशा प्रति यस टोलमा आकर्षण घट्दै गइरहेको अवस्थामा आधुनिक मेशिन सहितको कारखाना खुले पछि अहिले काममा भ्याईनभ्याइ भैरहेको छ भने आम्दानी पनि राम्रै गरिरहेका छन् । यसै कारखानामा काम गर्ने सुर्ये बहादुर बिश्वकर्मा भन्नु हुन्छ – ‘पहिले पहिले घरैमा काम गर्दा महिनाको १५ देखि १६ हजार आम्दानी हुने गरेको र झन्झटीलो पनि थियो । आफै उत्पादन ग¥यो बजारमा बिक्रि गर्न लैजानु पर्ने बाध्यता रहेको थियो तर अहिले सामुहिक काम गर्दा काम पनि सजिलो भएको छ भने महिनामा ३० देखि ३५ हजार सम्म आम्दानी हुने गरेको छ ।’ बेग्ला बेग्लै काम गर्दा सहयोगको भावना कमी हुने जस्ले गर्दा मेलमिलापमा समस्या आउने गर्दछ । तर अहिले सामुहिक रुपमा काम गर्दा एक आपसमा मेलमिलाप बेढेको छ भने आम्दानी पनि राम्रो भएको यसै कारखानामा काम गर्ने राजु बिश्वकर्मा बताउनु हुन्छ । राजु भन्नु हुन्छ – ‘पहिले सहयोग आदान प्रदानमा कमी थियो तर अहिले एकलाई परेको समस्या सबै मिलेर समाधान समेत गर्ने गरेका छौं । ’ कारखानाबाट उत्पादन हुने बिभिन्न सामाग्रीहरु अहिले थाहा नगरपालिकाको बिभिन्न भाँडा पसल तथा ब्यक्तिहरुले किन्ने गरेका छन् । यसै कारखानाका बिष्णु बिश्वकर्मा भन्नु हुन्छ — ‘अहिले कृषि सामाग्रीको माग अत्याधिक छ, तर अझै पनि माग अनुसारको सामान उपलब्ध गराउन भने नसकेको उहाँ बताउनु हुन्छ । बिष्णुले कारखानामा काम अहिले ३ जना छोराछोरी पढाउने तथा घरखर्च समेत सजिलै चलाइरहेको बताउनुहुन्छ । कारखानामा दिनेश सुनार तामा र पित्तलबाट गाग्री, दियो, थाली जस्ता सामान बनाउने काम गर्दछन् । कारखानामा कृषिजन्य औजार मात्र नभइ घरमा आबस्यक पर्ने तामा र पित्तलबाट बन्ने गाग्री, दियो, थाली जस्ता सामान उत्पादन भैरहेको छ । अहिले धेरै युवाहरु बिदेश जान्छन् तर नेपालमानै बसेर काम गरेर राम्रो आम्दानी गरिरहेको छु । आम्दानी सँगसँगै बचत गर्ने बानि समेत भएकोले समस्या टार्नको लागि अरुको मुख ताक्नु नपर्ने अनुभव दिनेशले सुनाउनु भयो । आफ्नो शिपको सदुपयोग गरेमा आफ्नै ठाउँमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ । यसरी नै समाजका हरेक युवाहरुले आफ्नै ठाउँमा श्रम गर्ने हो भने कोहि पनि बेरोजगार भएर बस्नु तथा बिदेशीनु पर्दैन ।
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...