pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा रुदानेको ८४ औं जन्म जयन्ती मनाईदै, फरक सोचले विभिन्न व्यक्तीत्व सम्मान गर्दै

सामाजिक कार्यमा क्रियाशिल थाहा नगरको फरक सोच अभियानले विगतको वर्षमा झैं यस वर्ष पनि दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सव तथा तेस्रो थाहा दिवस आज मनाउदै छ । मकवानपुर क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्य विरोध खतिवडाको प्रमूख आतिथ्यमा थाहा नगरको विकास घरमा  भईरहेको कार्यक्रममा विगतका कार्यक्रमको निरन्तरता दिदै  फरक सोचले रुदानेको जन्मोत्सवको रुपमा तेस्रो थाहा दिवस तथा शैक्षिक क्षेत्रमा थाहा नगरको लागि अभियन्ता समेत रहेका तिर्थदास श्रेष्ठको स्मृतिमा यस वर्ष पनि विभिन्न शिर्षकमा चौंथो तिर्थदास स्मृति सामाजिक सम्मान कोष अन्र्तगत जनकल्याण मावि मा ३२ वर्ष देखि कार्यरत शिक्षक नरेन्द्र प्रसाद सिंह लाई सम्मान गर्ने  भएको छ । 
   सामाजिक सम्मान सहित स्थानिय निर्वाचनमा थाहा नगरको पहिलो निर्वाचित नगर प्रमूख  र उप प्रमूखलाई  अभिनन्दन गर्ने पनि फरक सोच अभियानले जनाएको छ ।  
तेस्रो थाहा दिवसकै दिन जिल्लामा कार्यरत पत्रकार मध्येबाट लामो समय देखि रेडियो तथा छापा पत्रकारिता गर्दै आउनु भएका कुमार नेगीलाई थाहा पत्रकारीता सम्मानबाट सम्मान गर्ने तयारी रहेको अभियान्ता सुरज कुमार भुजेलले बताउनु भयो ।   
    थाहा दिवसकै अवसरमा नारि शिक्षा कोष अन्र्तगत थाहा नगरका माध्यामिक तहका २० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरिने तयारी रहेको छ । 
   मकवानपुर क्षेत्र नं. २ प्रतिनिधि सभाको सांसद विरोध खतिवडाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधी, जनप्रतिनिधी, संघ संस्था तथा कार्यलयका प्रतिनिधी लगाएत आम जनसमुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्न विभिन्न माध्यमबाट निमन्त्रणा गरिसकिएको र कार्यक्रम तयारी पुरा भएको फरक सोच अभियानता रामकुमार कार्कीले जानकारी दिनु भयो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...