Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा मनाईयो नारी दिवश

-शम्भु अधिकारी

संसारका श्रमिक महिलाहरुको मुक्तिको दिन ८ मार्च अथवा १०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश थाहा नगरमा पनि विविध कार्यक्रम आयोजना गरि मनाईएको छ । मकवानपुरकै सवै भन्दा ठुलो सहकारी पालुङ्ग बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो समुहमा आवद्ध ४ हजार भन्दा बढि महिला सदस्यहरुसग थाहा नगरको तिन स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाईयो ।विहिवार  अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्थाले आफ्नै प्रांगडमा गरेको कार्यक्रममा महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।संस्थाका सचिव विष्णु प्र. ढकालको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट ,विशेष अतिथिहरु थाहा ३का अध्यक्ष राजेश के.सी., २ का गुप्त कार्की,७ का सनम सिं मोक्तान, ८का टिकाराम रुम्वा निर्वाचित महिला सदस्यहरु थाहा २ का जानुका ढकाल , ४ का आरती लामा, ७ का सुन्तलीमाया गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लवशेर विष्टले नारी स्वतन्त्रता हक अधिकारको चर्चा गर्दै पुरुष प्रधान समाजले वनायको नियम तोडदै गय अधिकार स्वत आफै प्राप्त हुदै जाने वताउनु भयो वहाँले छोरी जन्मिदा धारेहात लगाउने परिपाटीको अन्त नहुन्जेल महिलामुक्ती आन्दोलन अगाडी वढन नसक्ने बताउनु भयो। नारी नारी विचको विभेद अन्त नहुन्जेल जतिनै दिवश भनाएपनि केही नहुने बताउदै महिलाहरुले नारी दिवश औचित्य प्राप्तिको लागि मनाउनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी अर्का अतिथी माओवादी केन्द्रका थाहा नगर ईन्र्चाज विष्णु विष्ट आदर्शले जनयुद्ध देखि जनआन्दोलन सम्म महिलाको भुमिका महत्वपुर्ण भएकोले महिलालाई ६० प्रतिशत अधिकार दिनुपर्ने वताउनु भयो । वडा न. ७ का महिला सदस्य सुन्तली माया गुरुङ्गले नगरपालिकाको सवै योजना बजेट विनियोजन गर्दा महिलाहरुलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।त्यसैगरी २ का सदस्य जानुका ढकालले सिहंदरवार गाउ गाउ सम्म आईपुगिसकेकोले महिलाहरुले आफ्नो क्षमता देखाउने वेला आईसकेको बताउनुभयो साथै वहाँले महिलालाई प्रतिशतको आधारमा तुलना नगरी वरावर रुपमा तुलना हुनुपर्ने भन्दै अधिकार लात्ताले हानेर होईन सम्मानपुर्वक दिनुपर्नेमा जोड दिदै वैदेशिक रोजगारीले गर्दां पुरुष पनि पिडित भैरहेको बताउनुभयो । त्यसैगरी समुहको तर्फवाट वोल्दै थाहा ३ का मिरा तामाङ्गले आपm्नै दिदि वहिनीहरु समेत छोराको चाहनामा धेरै सन्तान जन्मायकोमा दुःख व्यक्त गर्दै यस्ता दिवशमा मात्र नभई संस्थाले सधैभरी महिलालाई अगाडी वढाउनपर्ने बताउदै १६ वर्ष सम्म संस्थामा लाग्दापनी कुनै पनी सिपमुलक तालिमको व्यावस्था नगरेकोमा दुख व्यक्त गर्नुभयो ।वहाले नारी दिवश मनायर मात्र संस्थाले महिलाको सम्मान गर्न नसक्ने धारणा राख्नुभयो । त्यस्तै अर्का महिला थाहा ३का लक्ष्मि कार्कीले पुरुषलाईमात्र दोष देखाएर महिला ससक्तिकरण नहुने भन्दै अधिकार पाएर मात्र हैन प्रयोग पनि सहि तरिकाले गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा वडा अध्यक्षहरु,थाहानगर मिडिया एसोसियसनका अध्यक्ष कुमार नेगी,विभिन्न विधालयका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा महिला मुक्ति,शशक्तिकरणका गित, गजल, दोहोरी समेत समेटिएको थियो । विहिवारै पालुगमा जस्तै बज्रवराहीमा व्यावस्थापक प्रकाश पौडेल,संस्थाका प्रतिनिधिहरु मधुसुधन रायमाझी, साना किसान सहकारी लेखा समितिका केन्द्रीय सदस्य महेश्वर सुवेदी लगायतका थिए भने ईन्द्रसरोवर गाउपालिका र चित्लाङ्गका लागि नाट्यश्वरी मा वि.मा कृष्ण ब. विष्ट ,हरिकृष्ण कार्की लगायतको उपस्थितिमा कार्यक्रम संचालन गरिएको संस्थाका सह व्यावस्थापक राम प्रसाद ढकालले वताउनुभयो ।

त्यसैगरी थाहानगर महिला संजालले अघिल्लो दिनै उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा कला,साहित्य र अन्तरकिर्या सहित जेसिज हलमा महिला दिवस भव्यरुपमा मनाएको संजालका अध्यक्ष कल्पना बलाभिले बताउनुभयो ।त्यस्तै लालिगुरास महिला बहुउद्धेश्यीय सहकारी संस्था र चेतनशिल महिला बचतले पनि थाहा १मा ओखरवजारमा महिला तथा बालवालिका कार्यलयको सहयोगमा नारी दिवस मनायो । सामुदायिक भवनको हलमा भएको कार्यक्रममा दुवै संस्थाका महिला सदस्यहरुको उपस्थिति रहेको थियो । चेतनशीलका उपाध्यक्ष मेरिना कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महिला कार्यालयकी क्षेत्र माया रायमाझी हुनुहुन्थ्यो ।

थाहा नगर उधोग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान ई.प्र.का. पालुङ्गका प्रहरी नायव निरिक्षक देवेन्द्र रानामगर,लालिगुराँस महिला समुहको अध्यक्ष रिता प्रधान लगायतका आतिथ्यता रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...