pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहामा बिनयबाबु स्मृति जिल्ला स्तरीय भलिबल सुरु,(कुन कुन टिमले जिते आज?)

ok-1699711141.jpg

थाहा नगरमा आजबाट छैटौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ । थाहा नगरपालिका वडा नम्वर २ को फाटबजार र सोल्टुको बिचमा रहेको खेल मैदानमा  प्रतियोगितामा सुरु भएको हो।
प्रतियोगिताको बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो।
प्रतियोगिता उद्घाटन गर्दै मन्त्री मोक्तानले खेलाडी हरु देशका गहना भएकाले अनुशासित भएर खेल खेल्न आग्रह गर्दै प्रदेश सरकारले खेल र खेलाडिको हितमा हुनेगरि काम गरिरहेको बताउनुभयो।
प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी मन्त्री कुमारी मोक्तान अतिथिहरु वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,प्रतिस्ठानका संस्थापक बिजयबाबु बस्नेत,विनयबाबुका पिता बिष्णु बहादुर बस्नेत, थाहा नगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझी ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की ,लगाएतका अतिथिहरुको उपस्तिथि रहेको थियो।
१७ वटा टिमले सहभागीता जनाएको प्रतियोगितामा आज भएको खेलमा ६ वटा टिमले जित हात पारेका छन। शनिबार भएको  उद्घाटन खेलमा आयोजकले  चम्पाकेश्वर लाई पराजित गरेको छ भने छहारी युवा क्लवले उन्युचौर आग्रा लाई पराजित गर्यो तेसैगरी थाहा ५ खेविसले शसक्त लाई,किङ्ग ब्रदर्स रुप्सेले सेभेन स्टार आग्रा लाई पराजित गर्दा साबिक बिजेता आमभन्ज्याङ युवा क्लवले युनिटी युवा क्लव लाई पराजित गरेको छ ।

कार्तिक २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता छैठौँ हो । प्रतियोगिताको चौथो र पाचौँ संस्करणको उपाधी मकवानपुरगढी गाउँपालिकाले जितेको थियो । लगातार दुई वर्ष उपाधी चुमेको मकवानपुरगढीले यस वर्ष पनि उपाधी चुमेमा गढीले रनिङ शिल्ड पचाउने छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...