pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा कर्मचारीलाई जोखिम भत्तावापत ४२ लाख खर्च

thaha-corona-1598174021.jpg

thaha

थाहा नगरपालिकामा कोरोना जोखिम व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप ४२ लाख रुपियाँ जोखिम भत्ता वितरण गरिएको छ । थाहामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिबालय गठन भएदेखि गत साउन मसान्तसम्मको खर्च विवरणमा थाहा नगरपालिकामा कर्मचारी प्रोत्साहन तथा जोखिम भत्तावापत ४२ लाख ४७ हजार ४४४ रुपियाँ खर्च भएको जनाइएको छ ।

थाहा नगरपालिकाले विपद कोषअन्तर्गत अद्यावधिक गरी सार्वजनिक गरेको खर्च विवरण अनुसार औषधि उपकरण खरिदपछि सबैभन्दा धेरै रकम जोखिम भत्तामा खर्च गरेको देखिएको छ । नगरपालिकाले अहिलेसम्म कोराना जोखिम व्यवस्थापनमा एक करोड ४९ लाख ५१ हजार ५६४ रुपियाँ खर्च गरेको छ । जसमध्ये करिब ४८ लाख रुपियाँ बराबरको औषधि तथा उपकरण खरिद गरेको छ ।

त्यसैगरी जनशक्ति करारअन्तर्गत पाँच लाख १८ हजार खर्च गरेको छ भने क्वारेन्टाइन व्यवस्थापनमा करिब ३ लाख खर्च गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको दैनिक प्रतिवेदनअनुसार राहत सामग्री खरिदमा पाँच लाख ५० हजार, गाडी भाडामा दुई लाख ७५ हजार, एम्बुलेन्स मर्मत र कम्पार्टमेन्ट निर्माणमा २ लाख २३ हजार र इन्धनमा एक लाख ५३ हजार रुपियाँ खर्च भएको पाइएको छ ।

त्यसैगरी संचारमा ४० हजार, प्रचारप्रसारमा ४३ हजार र भैपरीअन्तर्गत ९१ हजार रुपियाँ खर्च गरिएको छ । काममा आधारित राहत कार्यविधिअन्तर्गत रहेर थाहा नगरपालिकाले ३७ लाख ५० हजार रुपियाँ खर्च गरेको छ । थाहा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण सचिवालयले प्रत्येक दिन प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...