pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहानगर स्तरीय मेयरकप फुटबलको उपाधी वडा न १ लाई

FB_IMG_1763899764107-1763899803.jpg

‎थाहा नगरपालिका वडा नम्बर १ ले मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । वडा नम्बर ३ लाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
‎वडा न १ को जितमा बिनिस अमात्य र बिबेक थोकरले १- १ गोल गरे भने वडा न ३ का रोशन तामाङले १ गोल गरे 
‎ प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा न १ का प्रचण्ड गोपाली घोषित हुँदा उत्कृष्ट खेलाडी वडा न ३ का अभियान रायमाझी घोषित भए।
‎तएसैगरी प्रतियोगिता बेष्ट डिफेन्डर वडा न १ का नवीन श्रेष्ठ हुँदा प्रतियोगिता भर सर्वाधिक गोलकर्ता वडा न ३ का रोशन तामाङ हुन सफल रहे ।
‎विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
‎ प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए।
‎  थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम  स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।
‎ तेसैगरी समारोहमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी,४ का अध्यक्ष नारायण लामा वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,माओबादी नगर सचीव लक्ष्मण बिष्ट,थाहा नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधवविक्रम मल्ल लगायतका उपस्थिति रहेको थियो।

‎  
‎थाहा नगरपालिका खेलकुद बिकास समितिको आयोजना तथा  खेलकुद विकास समिती ४ नम्बर वडाको व्यवस्थापनमा वडा नम्बर ३ को इन्द्रायणी चौरमा भएको प्रतियोगितामा थाहानगरका ९ वटा टिमको सहभागिता रहेको थियो ।

FB_IMG_1763899770700-1763899804.jpg
FB_IMG_1763899781942-1763899821.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...