pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहानगरमा आमाको सक्रियताले रोकियो छोरीको बालबिवाह

bal-bibaha-1596352436.jpg

कुमार नेगी 

आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालबिवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालबिवाह हुन दिनु हुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालबिवाह रोकिएको यो मकवानपुरको पहिलो औपचारिक घटना हो ।

थाहा नगरपालिका–४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोक्नु भएको हो । अर्को गाउँको २० वर्षीय केटाले आफ्नो १४ वर्षीया छोरीलाई भगाएर लगेको थाहा पाउनेवित्तिकै उहाँ बालविवाह विरुद्ध उत्रिनुभयो । छोरीको बालबिवाह हुन लागेको भन्दै उहाँले वडा अध्यक्ष दीपकसिं लामालाई फोन गर्नुभएको थियो ।

छोरीको बालविवाह भएकोबारे आमा सचेत हुनु र वडा अध्यक्षले यसबारे सूचना पाउनु नै बालविवाह रोकिनुको मूल कारण बन्न पुग्यो । वडा अध्यक्ष लामाले आफ्नै वडामा बाल बिवाह भएको सूचना पाउने वित्तिकै बागमती प्रदेशको सामाजिक प्रदेश मन्त्रालयमा खबर गर्नुभयो । लगत्तै मन्त्रालयले बालबिवाह रोक्न तदारुकता देखायो र सरोकारवालाको पहलमा बालबिवाह रोकियो ।

‘थाहा नगरपालिकालाई बालबिवाहमुक्त नगर बनाउने घोषणासहित अघि बढेको अबस्थामा आफ्नै वडामा बालबिवाह भएको खबरले मलाई चिन्तित तुल्यायो, जसरी पनि यो बिवाह रोक्नु पर्छ, अन्यथा कानूनको दायरामा लैजानु पर्छ भन्ने लागेर सबैतिर फोन गरें, सफलता पनि मिल्यो,’ वडा अध्यक्ष लामाले भन्नु भयो ।

बागमति प्रदेशको सामाजिक विकास मन्त्रालय स्वयम् प्रदेशलाई बालबिवाहमुक्त बनाउन कार्यक्रमसहित अघि बढिरहेको बेला वडा अध्यक्षको फोनले चुप रहन सकेन । बालबिवाहमुक्त बागमती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली, थाहा नगरपालिका–४ का वडा अध्यक्ष लामा, थाहा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा लामा, वडा सचिब पाल्साङ लामा, लेकाली बसीफाँट माविका अध्यक्ष विनोदकुमार लामा लगायतको टोली गाउँमै पुगेर सम्झाइबुझाई गरेपछि बालबिवाह रोकिएको छ ।

सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीका अनुसार बालबिवाह गैरकानूनी भएको र दण्डनीय समेत भएको भन्दै यसका सामाजिक, आर्थिक र शारीरिक प्रभावहरुबारे समेत बताएपछि उनीहरु बिवाह रोक्न सहमत भएका थिए ।

तामाङ संस्कारमा माइतीले केटा पक्षको प्वाङ(सगुन) नस्वीकारेसम्म बिवाहको कल्पनासम्म पनि गर्न सकिँदैन । केटाकेटी भागेर बिवाह गरे पनि माइतीले प्वाङ नखाएसम्म त्यस्तो बिवाहलाई मान्यता दिइँदैन ।

बालिकासँग बिवाह गर्ने केटाले शुरुमै प्वाङ ल्याउँछु भनेपछि छोरीको बालबिवाह भएको बारे आमाले थाहा पाउनुभएको थियो । फूलमायाले २० वर्ष उमेर पूरा भएपछि मात्र छोरीको बिवाहबारे सोच्न सकिने बताउनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...