pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहानगरको ऐतिहासिक इन्द्रायणी–कालिका माईको पीठ पुनर्निर्माण

indrayani-mai-ko-photo-2-1596330130.jpg

 पुरातत्व विभागले मकवानपुरको थाहा नगरपालिका स्थित प्रशिद्ध धार्मिक स्थल इन्द्रायणी–कालिका माईको पीठ पुनर्निर्माण गरेको छ । नेपालको पुरातत्व सम्पदा सूचीमा रहेको इन्द्रायणी माइ पीठलाई परम्परागत चुना, सुर्की, ढुंगा आदिको प्रयोग गरेर पुनर्निर्माण गरिएको हो ।

इन्द्रायणी माईलाई स्थानीय जनधनको रक्षा गर्ने देवीको रुपमा लिने गरिन्छ । इन्द्रायणी माईको उत्पत्ति कहिले भयो भन्ने एकीन नभए पनि ताम्रपत्रअनुसार वि. सं. १९१४ सालबाटै जात्रा शुरु भएको पाइएको धार्मिक सम्पदा समिति पालुङका अध्यक्ष राजकुमार प्रधान जङ्गलीले बताउनु भयो ।

रथयात्रासहित हरेक तीन–तीन वर्षमा भव्य जात्रा लाग्ने इन्द्रायणी माईको हरेक शनिबार विशेष पूजा हुनुका साथै भक्तजनहरु मनोआकाँक्षा पूरा होस् भने भाकलसमेत गर्दछन् ।

धर्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण भएकोले इन्द्रायणी–भगवति–कालाभैरब गुठी संरक्षण समितिको आग्रहमा पुरातत्व विभागले पुनर्निर्माण गरेको समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताउनुभयो । इन्द्रायणी माई थानको वरपरको पर्खालहरु भत्केर जीर्ण हुनुका साथै थानको स्वरुप पनि नराम्रो देखिन थालेपछि पुनर्निर्माणको पहल थालिएको थियो ।

इन्द्रायणी माई परिसर पुनर्निर्माण भएपछि अहिले निकै आकर्षक देखिएको गुठी संरक्षण समितिका कोषाध्यक्ष राजु नापितले बताउनुभयो  । पुनर्निर्माणको क्रममा रेलिङसहित भुईमा ढुङ्गा विछ्याएर इन्द्रायणी परिक्रमाको लागि सहज बाटोसमेत निर्माण गरिएको छ ।

यसैबीच स्थानीय निरज प्रधानले आज पुनर्निर्मित इन्द्रायणी माई परिसरमा स्वर्गीय पिता तोयापानी प्रधानको सम्झना गर्दै १०८ दियो चढाउनु भएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...