Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहाको ऋषेश्वर परिसरमा छ्युमी झ्याङछुप गुम्बा पुर्ननिर्माण हुने, क्षेत्र बिकास समिती गठन गरेर एकीकृत क्षेत्रको बिकास गर्न ध्यानाकर्षण

rikheshwar-1612073037.jpg

थाहा नगरमा रहेका प्रख्यात ऋषेश्वर महादेव मन्दिर परिसरमा भत्किएको छ्युमी झ्याङछुप गुम्बा पुर्ननिर्माण हुने भएको छ । 
सिमभन्ज्याङ्ग स्थित प्रख्यात ऋषेश्वर महादेव मन्दिर परिसमा रहेको छ्युमी झ्याङछुप गुम्बा २०७२ सालको भू–कम्पमा भत्किएको थियो । 
गुम्बा पुर्ननिर्माणको लागि पुरातात्विक बिभागका लेखा प्रमुख राजन रेग्मी र पुन निर्माण प्राधिकरणका  उप सचिव  भगवान अर्यालले ऋषेश्वर परिसरमा स्थलग अनुगमन गर्दै गुम्बा निर्माणको निम्ति बजेट ब्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाए सँगै गुम्बा पुर्ननिर्माण हुने सुनिष्चितता बढको हो । 
पुरातत्व विभागर पुर्ननिर्माण प्राधिकरणले भुकम्पका कारण भत्किएका सम्पदा पुर्ननिर्माण गरिरहेकोले अब ऋषेश्वर परिसरमा पनि गरिने लेखा प्रमुख रेग्मीले बताउनु भयो । 
भुकम्प लगत्तै स्थानिय स्तरबाट पुर्ननिर्माणका लागि पहल नभएको कारण ढिला भए पनि अब आवश्यक पहल गर्ने पनि सहभागी टोलिले बताएको थियो । 
अनुगमनमा सहभागी थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली र वडा नं. ४ का वडा अध्यक्ष दिपक सिं लामाले ऋषेश्वर परिसरलाई महत्वका साथ हेरी सो क्षेत्रको संरक्षण संबर्धनमा आवश्वक सहयोग गर्न आग्राह गर्नु भएको थियो । 


टोलीमा सहभागी नेकपाका नेता तथा स्थानिय बिनोद लामाले थाहामा अन्य धेरै ठाउँमा पुन निर्माण प्राधिकरणबाट प्रसस्त बजेट आउदा सो गुम्बाको निम्ति हालसम्म कुनै सरकारी निकायले वास्ता नगरेकोमा दुख ब्यक्त गर्दै  हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेको ऋषेश्वर क्षेत्र धार्मिक तथा पर्यापर्यटनको प्रचुर सम्भावना रहेको रहे पनि  तत्काल क्षेत्र बिकास समिती गठन गरेर एकीकृत तवरले सो क्षेत्रको बिकास गर्न सरोकारवालाको ध्यानाकर्षण गराउनु भएको थियो । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg