Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

सहिद सुनिता गोपालीको सम्झनामा स्मृति सभा

थाहा नगरपालिकाका प्रमूख लवशेर विष्टले सहिद सुनिता गोपाली परिवर्तनको प्रेरणा भएको वताउनु भएको छ । थाहा नगरपालिकाको कुन्छालमा आज सहिद सुनिता स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको  १९ औँ सुनिता स्मृति सभामा बोल्दै प्रमुख विष्टले सहिदहरुको सम्झनामा कार्यक्रम मात्रै हैन सहिद हरुले देखाएको बाटोमा सबैजना जिम्मेवार भएर लाग्न आह्वान पनि गर्नु भयो । 
विष्टले तत्कालिन समयमा संघर्षको क्रममा सहादत प्राप्त गर्नुभएकी सुनिता गोपालीले देशको लागि जीवन अर्पण गर्नुभएको र सुनिताले देखाएको बाटोमा सकारात्मक भई सबै सपना साकार पार्न लाग्नु पर्नेमा जोड दिनु भयो । 
सहिद सुनिता स्मृति प्रतिष्ठानका अध्यक्ष सुवर्ण गोपालीको सभाध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमति प्रदेश कमिटि सचिवालय सदस्य विष्णु विष्ट आदर्शले सहिद सुनिताको योगदानको चर्चा गर्दै प्रतिष्ठानले आगामी दिनमा समाजिक विकासका सकारात्मक आयामहरु ल्याउनु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा नेकपा माओवादी केन्द्र थाहा नगर ईन्चार्ज लक्ष्मण विष्ट, कमिटि अध्यक्ष अरुण रायमाझी, कुन्छाल होम स्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजि गोपाली, सुनौला सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपचन्द्र गोपाली, राजनैतिक दलका प्रतिनिधिहरु, निष्पक्ष युवा समूह अध्यक्ष सुमन गोपाली, कुन्छालफाँट टोल विकास संस्थाका अध्यक्ष निराजन गोपाली, लाली गुरांस महिला बहुउद्धेश्यीय सहकारी, कुन्छाल बचत तथा ऋण सहकारी संस्था लिं का पदाधिकारी, १ नं. वडा अध्यक्ष हेरमान गोपाली, सदस्य देवकी थोकर,  नेकपा माओवादि केन्द्र थाहा नगर कमिटि सचिवालय सदस्य विष्णु गोपाली, सदस्य निर्मल गोपाली, वाईसियल नेपाल जिल्ला आयोजक कमिटि सदस्य सुविन्द्र गोपाली, थाहा नगर कमिटि उपाध्यक्ष दिवाकर गोपाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद सुनिता गोपालीको आमा मैजु माया गोपालीलाई अभिनन्दन पत्रद्धारा सम्मान गरिएको छ । 
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg