pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थानकोट–चित्लाङ सडक निर्माणको लागि मन्त्री कुमारी मोक्ताको नेतृत्वमा थाहाका नगर प्रमुख सहितको टोलि प्रधानमन्त्री निवासमा।

FB_IMG_1694669372094-1694669392.jpg

प्रधानमन्त्री निवासमा भेट गर्दै टोलि

थानकोट चित्लाङ सडक गणेशमान सिङ राजमार्ग  लाई प्रयाप्त बजेट विनियोजन गरि निर्माण सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महत संगै भौतिक योजना मन्त्रालयले  सकारात्मक तत्परता देखाएका छन । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाश शरण महत सँग बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको नेतृत्वमा थाहा नगरपालिकाका मेयर बिष्णु बिष्ट सहितका टोलिले भेट गरेपछि सकारात्मक जबाफ आएको हो।
संघीय सरकारले चित्लाङ चन्द्रागिरी थानकोट सडक(गणेशमान सिंह मार्ग) आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारेकोले प्रधानमन्त्री तथा अर्थमन्त्री संग बालुवाटार पुगेर ध्यानाकर्षण गराएका हुन्।
आज बिहान बागमाती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान र मेयर बिष्णु बिष्ट सहित निवर्तमान मेयर लवशेर बिष्ट र नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिती सदस्य इन्द्रबहादुर श्रेष्ठ लगायतका प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतले यहि बर्ष चित्लाङ थानकोट सडकलाई बजेटको सुनिश्चितता गर्ने प्रतिवद्द्ता जनाउनुभएको भेटमा सहभागी माओवादी नेता इन्द्रबहादुर श्रेष्ठले थाहापाटीलाई जानकारी दिनुभयो।


सडककै लागि बुधबार भौतिक पुर्वाधार तथा यातायात  मन्त्रालयमा पनि छलफल भएको निवर्तमान मेयर लवशेर बिष्टले बताए।
भेटमा भौतिक मन्त्री प्रकाश ज्वालाले थाहा नगरपालिका लाई राजधानी काठमाडौ संग जोड्ने छोटो मार्ग गणेशमान सिंह मार्गको स्तरोन्नतिको लागि पहल गर्ने बताएको निवर्तमान मेयर लवशेर बिष्टले बताउनुभयो।
त्यसैगरी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सरकारले ५० औ बर्ष देखि गरेको लगानिको प्रतिफल आउने अबस्था निर्माण भएको हुँदा यस्लाइ तत्काल निर्माण सम्पन्न गरेर संघिय राजधानी देखि प्रदेश राजधानी हेटौंडा सम्मको यात्रा दुरी छोट्याइ राजधानी काठमाडौ लाई दैनिक रुपमा आबश्यक पर्ने करिब ४० प्रतिशत ताजा तरकारी आपूर्ति गर्ने क्षेत्र थाहा नगर,इन्द्रसरोवर,भिमफेदी,कैलाश बाट दुरि घट्न गै उत्पादन र उपभोक्ता दुबै लाभान्वित हुने तथा इन्धन बचत बाट राष्ट्रनै लाभान्वित हुने हुदा उक्त सडकको चाडै निर्माण सम्पन्न गर्न प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए । 
थानकोट चित्लाङ गणेशमान मार्ग निर्माण थालनी भएको ५०औं बर्ष बितिसक्दा पनि पुर्णता नपाउदा स्थानीयले यथोचित लाभ प्राप्त गर्न नसकेको तथा मकवानपुरको भिमफेदी बाट मानिसले मोटर बोकेर काठमाडौ ल्याउने ऐतिहासिक बाटो अहिले सम्म निर्माण कार्य सम्पन्न नहुनु बिडम्बना भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले भेटको क्रममा बताएको माओवादी नेता इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...