himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

अपडेट

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
भेटमा क्रममा उनले थानकोट–चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्नुपर्ने,  कुन्छाल–कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने तथा अन्य सडकहरूको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्ने बताए । 

त्यस्तै, हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्नुपर्ने, हेटौंडा क्षेत्रको सडक विस्तारका कारण नागरिकको घरजग्गा अलपत्र परेकाले तत्काल समाधान गर्नुपर्ने माग पनि उनले राखे। सांसद उप्रेतीले स्वास्थ्य क्षेत्रतर्फ हेटौंडा अस्पतालमा क्याथल्याब तथा हार्ट–लङ मेसिन जडान गर्नुपर्नेबारे समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले भूमिहीन समस्या समाधान, मध्यवर्ती क्षेत्रको न्यायसंगत पुनर्सीमाङ्कन तथा गाँजा वैधानिकतासम्बन्धी वैकल्पिक नीति निर्माण गर्दै भरियाहरूको जीवनस्तर उकास्न ठोस सरकारी योजना आवश्यक रहेकोसमेत बताए । 
विपद् व्यवस्थापनतर्फ चट्याङ रोकथामका लागि दीर्घकालीन गुरुयोजना निर्माण, कुलेखानी बाढीबाट प्रभावित सिस्नेरी क्षेत्रका पीडितलाई क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने माग उनले राखे। यसका साथै, चेपाङ र बाँकरिया जस्ता लोपोन्मुख समुदायको संस्कृति संरक्षण तथा जीवित संग्रहालय स्थापना गर्नुपर्ने विषय पनि उठाइएको छ । 
दूरसञ्चार पहुँच विस्तारतर्फ कैलाश राक्सीराङलगायत विकट क्षेत्रमा मोबाइल नेटवर्क विस्तार गर्नुपर्ने तथा सम्पूर्ण निर्वाचन क्षेत्रलाई सहज सडक सञ्जालसँग जोड्न आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री शाहले सांसद उप्रेतीले उठाएका सबै विषयमा सकारात्मक प्रतिक्रिया दिँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png