Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

तीनकुेनमा चार जनाकाे सामुहिक हत्यामा संलग्न चार अभियुक्त पक्राउ

FB_IMG_1694842312940-1694842320.jpg

काठमाडौँ महानगरपालिका वडा नं ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति चार जनाको सामुहिक हत्या भएको छ । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् । हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् ।

सामुहिक हत्यापछि प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका २८ वर्षीय दीपेन्द्र राई लागु औषधको दुर्व्यसनी रहेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रबार बेलुका करिब १० बजे तिनकुनेस्थित दिब्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नविन राईको हत्या भएको थियो । 

हत्या गरिएकामध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन् । नविन भने मिलमा आउने–जाने गरिरहन्थे । उनका बुबा पहिले सोही मिलमा काम गर्थे । प्रहरीका अनुसार हत्यामा २८ वर्षीय दीपेन्द्र राई सहित अन्य पनि संलग्न छन् । उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ । जसमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या गर्नु अघि उनीहरु तिनकुनेकै स्नुकर हाउसमा भेट भएका थिए । स्नुकर खेलेपछि उनीहरु मिल प्रवेश गरेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले घटनामा संलग्न थप तीन जना पक्राउ परेको बताए । उनले भने, ‘मिलमा सामुहक हत्या गरिएको देखिन्छ । जसमध्ये दीपेन्द्र राई पक्राउ परेका छन् । उनीहरुसँगै अन्य तीन जनालाई पनि पक्राउ गरिएको छ। उनीहरु विरुद्ध अनुसन्धान सुरु भएको छ । के र कुन कारणले हत्या गरिएको हो अनुसन्धान पछि खुल्ला ।’

प्रहरीका अनुसार हत्यामा संलग्न दीपेन्द्र मृतक नविनको काकाको छोरा हुन् । हत्या गरिएका कुमार बिगत १५ बर्षदेखि उक्त मिलमा कार्यरत थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...