pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

तामाङ समुदायले राष्ट्रिय पर्व सोनाम ल्होछार भव्यता साथ मनायो

321968215_717717153306054-1674450023.jpg
माघ, हेटौडा - मकवानपुरका तामाङ समुदायले राष्ट्रिय पर्व सोनाम ल्होछार भव्यता साथ मनाएको छ । मन्जुश्री सम्वत् २८५९ (जल/स्त्री) ह्योई/तावार ल्हो (बिरालो बर्ग) सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडा स्थित टिसिएन चौरमा आइतबार ल्होछार सास्कृतिक महोत्सव गरि भव्यताका साथ मनाएको हो। गोर्खा ब्रुअरी नेपालको मुख्य प्रायोजन र हेटौडा उपमहानगरपालिकाको मुख्य सहयोगमा शनिबार र आइतबार दुईसम्म चलेको ल्होछार महोत्सव नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा भएको हो । ल्होछारको मुख्य दिन आइतबार महोत्सवमा हेटौडा उपमहानगरपालिका मिनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष एवम् ल्होछार सास्कृतिक महोत्सवको संयोजक धिरेन लामा सभाध्याक्षतामा कार्यक्रम भएको थियो । ल्होछार महोत्सवको प्रमुख अतिथि समेत रहनु भएका हेटौडा उपमहानगरपालिकाको प्रमुख मिनाकुमारी लामाले हाम्रो पुर्खा देखिको रितिरिवाज र परम्परा, संस्कार, सस्कृति र चालचलनको ईतिहासलाई कायम गर्दै आएको घेदुङको कार्य सराहनीय रहेको बताउनुभयो । घेदुङ कै कारण परम्परालाई जगेर्नाको लागि लडाई गर्दै आएर पाएको ईतिहासलाई अहिले सार्थकता पाएको ल्होछार बजार चोक तिर मात्र सिमित छैन अहिले गाउँ-गाउँमा मनाउन सफल भएको उहाले भन्नुभयो । हेटौडा उपमाहानगरपालिकाको नेतृत्व तहमा सबैको मतले एउटा महिलालाई पुर्याउन सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त समेत गर्नुभयो । उहाले भन्नु भयो, हेटौडा प्रदेश राजधानी रहेको कारण यहाँ सबैको साझा थलो बन्दै छ । सबै जातजाति, युवा, महिला र बिशेष गरि तामाङ समुदायको बाहुल्य भएको यस क्षेत्रमा तामाङ सग्रहालयको लागि बजेट छुट्याई सकेका छौ । चाडै नै डिपिआर प्रक्रिया बढाउदै छौ । कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, हेटौडा उपमहानगरपालिकाको उप प्रमुख राजेश बानियाँ, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल, नेपाल आदिवासी जनजाती महासघ मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, हेटौडा उपमानगरपालिकाको प्रशासकीय प्रमुख शिबराज चौलागाई, हेटौडा १ का वडा अध्यक्ष सबिन न्यौपाने, हेटौडा १४ नम्बरका वडाअध्यक्ष दिपक खड्का, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, घेदुङ्गका मकवानपुर इन्चार्ज एवं संघीय सदस्य सुभाष सिन्तान, संघीय सदस्य लक्ष्मी पाख्रिन, नेपाल पत्रकार महासघ बागमती प्रदेश महासचिब कृष्ण सारु मगर, नेपाल आदिबासी जनजाती पत्रकार महासघ (फोनिज) मकवानपुर अध्यक्ष अशोक सारु मगर, घेदुङ बागमती प्रदेश सदस्य ठुलीमाया तामाङ लगायतको आतिथ्यता रहेको थियो। ल्होछार महोत्सवमा आइतबार गायक तथा संगीतकार टिका बमजन, गायक अविराम मोक्तान, गायिका सुजना रुम्बा, बिमला थिङ लगायतको सांगीतिक प्रस्तुति रहेको थियो । त्यस्तै, मकवानपुर तामाङ कलाकार संघको गीति नाटक समेत प्रस्तुत गरिएको थियो । शनिबार बागमती प्रदेश सभा सदस्य तथा निवर्तमान सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो। महोत्सबमा तामाङको मौलिक भेषभुषा सहित मौलिक डम्फुरे गीत प्रस्तुति, तामाङ भेषभूषा र मौलिक खाना संगै अन्य खानाका स्टलहरु रहेको थियो । यस वर्ष बाघ वर्गलाई बिदाइ गर्दै बिरालो वर्गलाई स्वागत गरिएको हो । तामाङ भाषामा ‘ल्हाे’ भनेको वर्ग/साल हो भने ‘छार’ भनेको नयाँ हो । अर्थात् ल्हाेछारकाे अर्थ नयाँ वर्ष भन्ने हुन्छ ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...