pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

ढकाललाई पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने

1748880046836-1748880142.jpg

मकवानपुर । हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टस्ले गैरकानुनी तरिकाबाट निश्कासन गरेको कर्मचारी पुनर्बाहली नगरेको बिरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् ।

गत जेठ ८ गते उद्योगका कर्मचारी अर्जुन ढकाललाई उद्योग प्रशासनले बिना कारण निश्कासन गरेको थियो ।
ढकाललाई निश्कासन गरेपछि उद्योगका कर्मचारीहरुले गत जेठ ९ गते प्रदर्शन गरी पुनर्बहालीको माग गरेका थिए ।
हालसम्म उक्त कर्मचारीको पुनर्बहाली नभएकोले आखिल नेपाल औधोगिक मजदुर संघ एसियन पेन्ट्स (नेपाल) प्रा.लि. ईकाई समितिले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार एक बिज्ञप्ती जारी गर्दै संघले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

ईकाई समितिका अध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको बिज्ञप्तीमा जेठ १८ गते आईतबारदेखि कालोपट्टी बाधेर काम गर्ने, २५ गतेदेखि प्रत्येक दिन २–२ घण्टा बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने र २८ गतेदेखि प्रत्येक दिन ४–४ घण्टा बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने उल्लेख छ ।
बिज्ञप्तीमा कर्मचारी ढकाललाई पुनर्बहाली नगरे असार १ गतेदेखि पुनबर्हाली नगरेसम्म उद्योगको कामकाज ठप्प पारी कार्यालय परिसरमा उपस्थित भई दवाव दिने उल्लेख गरिएको छ ।

२०६५ साल बैसाख १ मा स्थायी नियुक्ति पाएका ढकाललाई उद्योग प्रशासनले बिना कारण निष्काशन गरेको मजदुर संगठनले आरोप लगाएका छन् ।

उद्योगमामा कार्यरत ढकाललाई बिना कारण निष्काशन गरेपछि श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालयले उद्योग प्रशासनलाई निश्कासन नगर्नु भन्ने दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडि बढेपछि मजदुर आन्दोलित भएको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला समितिका अध्यक्ष रामशरण घिमिरे (भान्जा)ले बताए ।

कर्मचारी आन्दोलनका बिषयमा उद्योगका मानव संशाधन बिभागका बिक्रम सञ्जेललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

1748880046836-1748880146.jpg
1748880043881-1748880142.jpg
1748880043881-1748880146.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...