Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

डाँडाबासमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

FB_IMG_1730987492628-1730987548.jpg

कार्तिक २२ गते देखि थाहा नगरपालिकाको डाँडाबासमा अन्तर वडा मैत्रीपुर्ण पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
सल्ले राम्चे युवा क्लबको आयोजना तथा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाको सह आयोजना र वडा न ७ को मुख्य सहयोगमा प्रतियोगिता डाँडाबास फुटवल ग्राउन्डमा आज बाट सुरु भएको हो। २२ गते देखि २५ गतेसम्म संचालन हुने प्रतियोगिताको वडा न ७ का अध्यक्ष शिवराज थिङले उद्घाटन गरेका हुन।
थाहा र कैलाशको समेत २० टिमको सहभागिता रहेको प्रतियोगिता उद्घाटन समारोह प्रतियोगिताको संयोजक सुजिन्द्र गोलेको अध्यक्षता तथा वडा न ७ का अध्यक्ष शिवराज थिङको प्रमुख आतिथ्यता रहेको समारोहमा थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको विशिष्ट आतिथ्यता रहेको थियो भने वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,वडा न ७ का वडा सदस्य देवेन्द्र थापा मगर,थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी,सुन्दरीदेवी माबिका प्रधानाध्यापक हरिकृष्ण कार्की,लगायतका उपस्तिथि रहेको थियो।

आज १० खेल सम्पन्न भएको छ ।पहिलो दिन भएको खेलमा आयोजक ए,थाहा ३,थाहा ५,थाहा २, ससक्त युवा क्लब,थाहा ४,थाहा १,आयोजक बि,चण्डेश्वरी र थाहा १० ले जित निकालेका छन।

थाहा नगरपालिका र कैलाश गाउँपालिकाको सम्बन्धित वडाको स्थायी बसोबास भएका खेलाडीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ५१,दोस्रो हुने टिमले ३१ हजार १ सय ३१ र तृतीय हुने टिमले १३ हजार १ सय १३ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र बिधागत तर्फ उत्कृष्ट हुने खेलाडिहरुलाई पनि नगद र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।

FB_IMG_1730987501072-1730987548.jpg
FB_IMG_1730987525508-1730987567.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...