pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

जेसीज र थाहा नगरपालिका ९ बजे फाइनल भिड्दै

FB_IMG_1732924283087-1732924293.jpg

पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको छैठौं दिन शुक्रवार जेसीज कप मैत्रीपूर्ण फुटबल भएको छ ।

प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी गरि ४ टिमको सहभागिता रहेको थियो ।
शुक्रवार भएको २ खेलबाट प्रतियोगिताको फाईनलमा पुग्ने २ टिम छनोट भएका छन् ।
थाहा नगरको इन्द्रायणी चौरमा भएको प्रतियोगितामा आयोजक पालुङ जेसीजले बैंक तथा बित्तीय संस्थाका कर्मचारी टिमलाई २-१ गोल अन्तरले पराजित गरि आयोजक पालुङ जेसीज फाईनल प्रवेश गरेको हो ।
त्यस्तै थाहा नगरपालिका कर्मचारी टिमले नेपाल लेखापढी ब्यवशायी टिमलाई २-० गोल अन्तरले पराजित गरि थाहा नगरले फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको उपाधिका लागि आज शनिबार बिहान ९ बजे आयोजक पालुङ जेसीज र थाहा नगरपालिका बिच फाईनल खेल हुने पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बताए ।
शनिबार अन्जय प्रधानको संयोजकत्वमा दिउँसो २ बजेदेखि जेसीज सभाहलमा सम्मान र जेसीज सप्ताह समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा थाहानगरमा कृषि, खेलकुद, पर्यटन, शिक्षा,स्वास्थ्य, खेलकुद लगायतका बिधामा उत्कृष्ट कार्य गर्ने १० जना ब्याक्तित्वलाई सम्मान गर्नुका साथै जेसीज सप्ताह अन्तरगत भएका कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कार, प्रशंसापत्र वितरण गर्ने कार्यक्रम समेत रहेको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...