Sunday, 19 May, 2024
खेल

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई

438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
थाहा नगरपालिकाको नगर उप प्रमुख भरत गोपालीले उद्घाटन गर्नुभएको एक दिने जिल्ला स्तरीय कराते प्रतियोगितामा ९ स्वर्ण सहित बकैया गाउँपालिकाको बकैया कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ।बकैयाले ९ स्वर्ण सहित ७ रजत तथा ७ कास्य पदक हात पारेको थियो तेसैगरी ६ स्वर्ण पदक जित्दै स्वच्छन्द भैरव कराते डोजो चित्लाङ  टिम दोस्रो हुन सफल भयो दोस्रो भएको स्वच्छन्दले २ रजत र ९ कास्य हात पार्यो भने ३ स्वर्ण पदक ,४ रजत पदक र ६ कास्य  जित्दै थाहा कराते डोजो  टिम तेस्रो भएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ स्वच्छन्द भैरव डोजोका इनेश बलामी उत्कृष्ट खेलाडी घोषणा हुँदा थाहा डोजोकी सुस्मिता दोङ महिलातर्फ उत्कृष्ट खेलाडी हुन सफल रहे।
थाहा नगरपालिका खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न प्रतियोगिता  समारोहमा थाहा नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरमा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गर्नुभयो । खेलाडी राष्ट्रका गहना भएकाले अनुशासित भएर खेल्नु पर्नेमा सुझाव दिनुभयो।
प्रतियोगितामा जिल्लाका ९ वटा डोजोको सहभागिता रहेको प्रतियोगिताका संयोजक मानसिं दोङले जानकारी दिए।
प्रतियोगितामा बकैया डोजो,स्वच्छन्द भैरव डोजो,थाहा डोजो,लवट डोजो,मकवानपुर डोजो,बज्रवाराही डोजो,बागमती डोजो,हेटौंडा डोजो,थानाभर्याङ डोजो र गढी डोजोको सहभागिता रहेको थियो।

कार्यक्रममा थाहा ९ का अध्यक्ष राजकुमार बलामी,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,शुन्दरीदेवी माबिका प्रअ हरिकृष्ण  कार्की,प्रशिक्षणक तथा रेफ्री हरुको उपस्थिति रहेको थियो।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...