pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई

438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
थाहा नगरपालिकाको नगर उप प्रमुख भरत गोपालीले उद्घाटन गर्नुभएको एक दिने जिल्ला स्तरीय कराते प्रतियोगितामा ९ स्वर्ण सहित बकैया गाउँपालिकाको बकैया कराते डोजो टिम प्रथम हुँदै ट्रफी हातपार्न सफल भएको छ।बकैयाले ९ स्वर्ण सहित ७ रजत तथा ७ कास्य पदक हात पारेको थियो तेसैगरी ६ स्वर्ण पदक जित्दै स्वच्छन्द भैरव कराते डोजो चित्लाङ  टिम दोस्रो हुन सफल भयो दोस्रो भएको स्वच्छन्दले २ रजत र ९ कास्य हात पार्यो भने ३ स्वर्ण पदक ,४ रजत पदक र ६ कास्य  जित्दै थाहा कराते डोजो  टिम तेस्रो भएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ स्वच्छन्द भैरव डोजोका इनेश बलामी उत्कृष्ट खेलाडी घोषणा हुँदा थाहा डोजोकी सुस्मिता दोङ महिलातर्फ उत्कृष्ट खेलाडी हुन सफल रहे।
थाहा नगरपालिका खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न प्रतियोगिता  समारोहमा थाहा नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरमा आयोजना हुने सबै खेललाई समान महत्व दिएको धारणा व्यक्त गर्नुभयो । खेलाडी राष्ट्रका गहना भएकाले अनुशासित भएर खेल्नु पर्नेमा सुझाव दिनुभयो।
प्रतियोगितामा जिल्लाका ९ वटा डोजोको सहभागिता रहेको प्रतियोगिताका संयोजक मानसिं दोङले जानकारी दिए।
प्रतियोगितामा बकैया डोजो,स्वच्छन्द भैरव डोजो,थाहा डोजो,लवट डोजो,मकवानपुर डोजो,बज्रवाराही डोजो,बागमती डोजो,हेटौंडा डोजो,थानाभर्याङ डोजो र गढी डोजोको सहभागिता रहेको थियो।

कार्यक्रममा थाहा ९ का अध्यक्ष राजकुमार बलामी,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,शुन्दरीदेवी माबिका प्रअ हरिकृष्ण  कार्की,प्रशिक्षणक तथा रेफ्री हरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...