pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

जनभोजनालयले टिष्टुङका ६ सहित सात विद्यालयलाई निःशुल्क दिवा खाजा खुवाउने 

janabhojan-1725288302.jpg

प्रेम सागर फाउण्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रमले मकवानपुर थाहा नगरपालिकाको ६ वटा र धादिङको एउटा विद्यालयमा दिवा खाजा कार्यक्रम थप गरेको छ । यसअघि धादिङ र मनवानपुरका १० वटा विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रम १६ भाद्रबाट थप ७ वटा विद्यालयका करिब २ सय ८७ विद्यार्थीहरुलाई निःशुल्क खाजा कार्यक्रम सुरुवात गरिएको जनभोजन कार्यक्रमका ललित कुवँरले जानकारी दिए ।

प्रेम सागर फाउण्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रम धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरमा रहेको छ । दिवा खाजा कार्यक्रम थप भएका थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको मनकामना आधारभूत विद्यालय, कालिदेवी आधारभूत विद्यालय, ठाडे आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र थाहा १२ मा रहेको नागदह आधारभूत विद्यालय, प्रभात आधारभूत विद्यालय र धादिङको थाक्रे ५ मा रहेको सुन्दरीदेवी आधारभूत विद्यालय रहेका छन् ।

त्यसै गरी फाउन्डेसनले विद्यालयहरुलाई विभिन्न किसिमका १० हजार भन्दा बढि विरुवाहरु समेत वितरण गरेको छ । प्रेम सागर फाउन्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रमले धादिङ र मकवानपुरका विभिन्न १७ विद्यालयका २ हजार १ सय भन्दा बढी विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको जनभोजनका व्यवस्थापक भोला राउतले बताए । जनभोजन कार्यक्रममका लागी दैनिक खाना र खाजा व्यबस्थापन खर्च ५० हजार लाग्ने गरेको छ । वितग १६ वर्ष देखि जनभोजन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

मकवानपर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का संघिय सांसद महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, जनभोजनका व्यवस्थापक भोला राउत लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...