Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा

FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौरमा जारी छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न क्वार्टरफाइनल खेलबाट चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरी सेमिफाइनलमा प्रवेश गरेका छन्।
आज भएको पहिलो खेलमा चित्लाङ एफसीले थाहा सक्रिय युवा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो। चित्लाङको शानदार जितमा शुभराज गोलेले १ गोल, शन्देश गोम्बाले २ गोल तथा कृष मालीले १ गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका शुभराज गोले खेलको म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी दोस्रो खेलमा कुर्दन एकेडेमी चन्द्रागिरीले पारिजात स्मृति चित्लाङलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। कुर्दनको जितमा सुजित बुढाथोकी र अविरल रिजालले समान १–१ गोल गरे। खेलमा प्रभावशाली प्रदर्शन गरेका सुजित बुढाथोकी म्यान अफ द म्याच घोषित भए।
अब शुक्रबार हुने सेमिफाइनल खेलमा पाखुरे युवा क्लब र कुर्दन एकेडेमी चन्द्रागिरी तथा चित्लाङ एफसी र शिखर क्लब आमनेसामने हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १२ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) लाई जनही ६ हजार २५० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय स्तरको प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित थाहा गोल्डकपमा प्रतिस्पर्धी टोलीहरूबीच रोमाञ्चक खेल जारी रहँदा उपाधि होड थप रोचक बन्दै गएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...