pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चेलि ! निर्मला तिम्रो आत्माको शान्तिको लागि दुई शब्द
सानोबाबु मुक्तान 

Untitled-1-1622851942.jpg

सम्पूर्ण दिदिदिबहिनीहरुमा स्नेह अनि केहि भावनाहरुद्धारा सिर्जत केहि शब्दहरु कोरिरहेको छु । यो शब्द कोरिरहँदा आफूले आफूलाई भावुक अनि लाचार भएको महसुस गरेको छु । त्यससंगै आज भगवानसंग केहि विषयहरुमा केहि चाहनाहरु माग गरेको छु । आशा छ यो चाहना पुरा भएको दिन यो धर्तिमा सुनौलो विहानीको उत्पति हुनेछ । संसारमा खुसीयाली पक्कै छाउँनेछ । 
                                                                         

 चेलि निर्मला तिम्रो आत्माको शान्तिको लागि दुई शब्द कोर्दै छु ।  
आज पनि तिम्रो मन रोईरहेको होला ? किनकी तिमिले न्याय पाएकि छैनौ,तिम्रा हत्यारा आज पनि कानुनी कठघारामा छैनन् ।  अनि आफ्नी चेलीको सम्झनामा कुन दाजु भाईको मन दुख्दैन र ? पापीहरुले यो संसारमा टिक्न नदिए पनि तिमी सारा नेपाली दाजु भाई कि चेली भएकी छौ निर्मला । 


निर्मला पन्तको सम्झना यो मन रोईरहेको छ । बिचरा तिनि आफ्ना कति सपनाहरु बोकेर बसेकी थिईन् होला । ती सपनाहरुलाई साकार पार्न कति पाईलाहरु सोचेकी थिईन् होला । तर उनको त्यो अकल्पिनिय घटनाको स्मरण गर्दा मुटुमा र्वाप्प काँडा घोपेको जस्तो दुखाई अनुभव हुन्छ । तर म विवश छु मैले निर्मलाको लागि यो शब्दहरु बाहेक केहि दिन सकिन, मैले निर्मला जस्तै अन्य धेरै निर्मलाहरुको लागि पनि केहि गर्न सकिन मात्र यी शब्दहरु बाहेक, आज हजारौँ निर्मलाहरु बलात्कृत भईरहेकी छिन् । यौन हिंसामा परिरहेकि छिन् तर मैले यी शब्दहरु बाहेक केहि गर्न सकिन , तर आज मलाई यो लागिरहेको छ की । ति तमाम बलात्कारीहरुको कहिल्यै भलो हुने छैन । तिनीहरुलाई हजारौँ निर्मलाहरुको चित्कारले अनि निर्दोष आत्माहरुले सँधै धिकार्ने छन् । 


आज समाजमा बलात्कार पूर्वका घटनाहरु पनि प्रसस्तै भेटिन थालिएको छ । सुन्दा पनि कन्सिरिको रौँ तातिएर आउने अपत्यारिला घटनाहरुको समाचार आउँदा झनै डाहा अनि छटपटिले मन पिरोलिन्छ । राज्यले यस्ता समस्याहरुको लागि विभिन्न कानुनहरु निर्माण गरेको छ । तर यो विषयमा भन्दा फरक नपर्ने कुरा यो होकी आज ति कानुनहरु साधारण वर्गहरुका लागि मात्रै सस्तो भएको छ , बाँकी हुनेखाने र पहुँच हुनेहरुका लागि निकै महंगो भएको छ । पहूँचवालालाई कहिल्यै कानुनको डर नहुने समाजको विकास भईसकेको छ । त्यसैले आज समाजमा प्राय यस्तैहरुबाट लगायतका घटनाहरु मौलीईरहेको पाईन्छ, जुन अहिलेको परिवेशमा जसलाई पनि सुन्दा र देख्दा असह्य अनि पिडा भईरहेको छ । 


त्यसैले धिक्कार छ आफ्ना दिदिबहिनीहरु जस्तै अरुका दिदिबहिनीहरुलार्ई समान सोचको विकास गर्न नसक्ने सम्पूर्ण अधर्मीहरुलाई , धिक्कार छ विभिन्न प्रलोभन देखाउँदै यौन पिपासु बन्नेहरुलाई , धिक्कार छ आमाको दुधको भावना नबुझ्नेहरुलाई । स्वार्थि जीवनमा एकछीनको आनन्दको लागि हजारौँ आफ्ना र अरुका लागि सपना बोकेर हिँडेका निर्दोष दिदिबहिनीहरुको जिन्दगी बर्बाद पार्नेहरुलाई । त्यसैले यो मनेमा मेरो एउटा मात्र विन्ति यो छ की छिट्टै नै यीनिहरुमा भगवानले सद्बुद्धिको विकास गराउन् । पापी गिद्धे आँखाहरुको नानीमा कुदृष्टि हैन सुदृष्टिको नजरमा विकास गराउन् । भगवानसंगको चाहनासंगै त्यस्ता वानीका मालिकहरुलाई मेरो हार्दिक अनुरोध अनि आग्रह यो छकी अरुका पिडामा आफूलाई आनन्द लिनु सतप्रतिशत निच कार्य हो, त्यसैले त्यस्तो निच कार्यको तुरुन्तै अन्त्य गर्नुहोस् । तसर्थ मेरो पुन अनुरोध यो होकी कसैको जीवनको आँशुको कारण तपाई नबनिदिनुहोस् । आफ्नो स्वार्थका लागि अरुका सपनाहरु नतोडिदिनुहोस् ।

आफूलाई पहुँचमा छु भनेर मानसिकता राख्नेहरुले बरु समाजका साधारण मानिसहरुका लागि त्यो पहुँच प्रयोगमा ल्याईदिनुहोस्  र फेरी भन्छु कृपया अब निर्दोष हाम्रा दिदिबहिनीहरुलाई निर्मला पन्त नबनाईदिनुहोस् । निर्मला पन्त नबनाईदिनुहोस् । 
 निर्मला हामी सबै तिम्रै सम्झनामा छौँ तिमी जहाँ भएपनि तिम्रो आत्मा खुसी रहनु खसी रहने छ । 
अतः निर्मला जस्तै हजारौँ निर्मला अनि हिंसामा परेका सम्पूर्ण दिदिबहिनीहरु यस्ता गतिविधिको खुलेरै प्रतिकार गर्नुहोस तपाईसंग म जस्तै धेरै दाजुभाईहरु तपाईको साथमा हुनेछौँ तपाईको साथमा हुनछौँ ।
सानोबाबु मुक्तान 
थाहा नगरपालिका–३, दम्की मकवानपुर 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...