Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चुरियामाइ बस दुर्घटना अपडेट : ७ जना मृतक र १७ जना घाइतेको सनाखत (विवरण सहित

FB_IMG_1692859107294-1692859119.jpg

हेटौंडा / बारा र मकवानपुर जिल्लाको सिमाना रहेको चुरियामाई मन्दिर नजिकै तीर्थयात्री बोकेको बस दुर्घटना परी मृत्यु भएका ७ जनाको सनाखत भएको छ। मृत्यु भएका मध्ये भारत राजस्थानका ६ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरुमा भारत राजस्थान बस्ने ६७ बर्षीय बहादुर सिंह, ६० बर्षीया सत्यवती, ७० बर्षीय राजेन्द्र चतुरबेदी, ६५ बर्षीय श्रीकान्त चतुरबेदी, ६७ बर्षीया बैजन्ती देवी, ६५ बर्षीया मिरा देबी र महोत्तरी लोहारपटी नगरपालिका ५ बस्ने ४१ बर्षीय बिजय लाल पण्डित रहेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको थियो । चालकसहित २७ यात्रु सवार उक्त बस गएराति चुरियामाई मन्दिर नजिकैबाट करिब १०० मिटर दक्षिणतर्फको खोलामा खसेको थियो ।

दुर्घटनामा परी १७ जना घाइते भएका छन्। उनीहरुमध्ये १५ जनाको हेटौंडा अस्पताल, १ जनाको चुरेहिल अस्पताल, १ जनाको सहकारी अस्पताल र १ जनाको चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कायाृलय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार भारत राजस्थान बस्ने ४८ बर्षीय घनश्याम चतुरबेदीको ९खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम० हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। यस्तै,धनुषा मौवा गाउँपालिका १८ जनकपुर बस्ने ४१ बर्षका घुरन मण्डल ९बाया घुडा र कम्मरमा चोट अवस्था मध्यम०, महोत्तरी लोहारपति नगरपालिका।५ बस्ने २६ बर्षीय जसबेन्दर पासवान ९ढाड÷दाहिने हातमा चोट मध्यम० को हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ।
यस्तै, भारत राजस्थान बस्ने ५३ बर्षकी माया देबी ९दाहिने कुममा चोट अवस्था मध्यम०, सोही स्थानको ३५ बर्षका अनिल कुमार ९टाउकोमा चोट अवस्था मध्यम०, ५० बर्षका तारा वती चतुरबेदी ९निधार÷कम्मरमा चोट मध्यम०, निजकै नातिनि ९ बर्षकी क्रितिका चतुरबेदी ९अवस्था सामान्य०, ४८ बर्षका श्याम लाल माली ९बाया खुट्टा÷छातिमा चोट मध्यम०, बर्ष ४७ का हरवारी माली ९टाउको र ढाडमा चोट अवस्था मध्यम०, ७० बर्षीय चौथी देबीको ९दाहिने खुट्टा÷छातिमा चोट अवस्था मध्यम० हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरी प्रवक्ता डीएसपी कार्कीले जानकारी दिए।

यस्तै, राजस्थानकै ७२ बर्षिय सुरेस चन्द्र चक्रवती ९दाहिने खुट्टा÷बाया कुममा चोट अवस्था मध्यम०, ६३ बर्षका धरम सिंह ९निधार, छाति र बायाँ खुट्टा फ्याक्चर०, ६० बर्षकी ईन्दु धाकद ९निधार र छातिमा चोट मध्यम०,१६ बर्षकी गर्बिदा चतुरबेदी ९ढाड र छातिमा चोट अवस्था मध्यम०, सोही स्थानका ५४ बर्षीय राम कुमार चतुरबेदी ९बायाँ घुडा र छातिमा चोट अवस्था मध्यम० को पनि हेटौंडा स्थित हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार महोत्तरी जलेश्वर नगरपािलका।बस्ने ३८ बर्षीय बिहारी मुखीयाको ९मुखमा चोट बाया खुट्टा भाचिएको अवस्था मध्यम० हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको छ भने भारत राजस्थानका ७३ बर्षीय राम प्रसाद पि ९छाति र पेटमा चोट अवस्था गम्भीर० को चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ।

बस दुर्घटना अपडेट ः ७ जना मृतक र १७ जना घाइतेको सनाखत ९विवरण सहित०

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...