pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चित्लाङ चन्द्रगिरी थानकोट सडक सेतो पहरा खण्डको फस्ट कटिङ्ग ब्रेक थ्रु 

chitlang-sadak-1607847525.jpg

मकवानपुर २ का संघिय सांसद तथा नेकपा मकवानपुरका ईन्चार्ज विरोध खतिवडाले चित्लाङ चन्द्रागिरी थानकोट गणेशमान मार्ग निर्धारित समयमै निर्माण सम्पन्न गर्न  निर्देशन दिनु भएको छ ।
 शनिबार सडक निर्माण स्थलको  अवलाेेकन गर्दै   खतिवडाले बजेट निरन्तरता र कानुनी जटिलता हटाउन आफु निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्माणाधिन सडक थाहा नगर सँगै उत्तरी मकवानपुरको समृद्धी सँग जोडिएकाले सडक निर्माणमा सबैले सकारात्मक भुमिका खेल्न पनि आह्वान गर्नु भयो ।


नेता खतिवडाले सडक निर्माणमा सरोकार समिति बनाएर ६८ दिन देखि निरन्तर लागिरहेका स्थानियहरुको खबरदारीले सडकमा तिब्ररुपमा काम भईरहेको र छिटो  निर्माण सम्पन्न हुने प्रष्ट देखिएकाले स्थानियको सक्रियताको उच्च मुल्याङ्कन गर्दै प्रशंसा गर्नु हुर्दै अब पनि  निरन्तर लाग्न पनि आग्रह गर्नु भयो ।    
सोही क्रममा सडक निर्माणमा ६८ दिन देखि निरन्तर लागि रहनु भएका नेकपा नेता तथा पुर्व सभासद सुबास चन्द्र ठकुरीले सडक निर्माण चरण देखिनै लापरबाही हुदै धरै प्राबिधिक त्रुटी सच्याउदै निर्माण गर्नु पर्ने भएको बताउदै अब बनिरहेको सडक डिपीआर अनुसार १० मिटर चौडा र प्राविधिक दृष्टीकोणले पनि राम्रो बनिरहेको बताउनु भयो ।  
नेता ठकुरीले सोतो पहरा सम्मको ट्रयाक ब्रेक थ्रु भएको र अब सडक खन्दा निस्किएका ढुङ्गा सहितका वन पैदावारको   व्यवस्थापन तत्काल भए अबको ६ महिना भित्र सडकको ट्रयाक ओपन हुने  विश्वास रहेको बताउदै कानुनी उल्झन हटाउन पहलकदमी गर्न सारेकारवालाहरु सँग आग्रह गर्नु भयो । 


अनुगमनका क्रममा निर्माण प्रक्रिया शुरु भएको लामो समय वित्दा पनि विभिन्न बहानामा सडक निर्माणले पुर्णता नपाउदा थाहा नगर पछि परेको ईतिहास सम्झेर व्यक्तीगत र आपसी हठ त्यागेर  सडक निर्माणमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न स्थानियले आग्रह गरेका थिए ।   
 अनुगमनमा थाहा नगरपालिकाका प्रमुख लबशेर विष्ट,नेकपाका नेता विष्णु ढकाल,विष्णु विष्ट “आदर्श” थाहा नगरपालिका वडा नंं ९ र १० का वडा अध्यक्ष परशुराम श्रेष्ठ र हिरा ब. गमाल लगाएतको सहभागिता थियो । 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...