Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

चित्लाङमा बन्यो महारुद्रेश्वर मन्दिर, उपप्रमुख गोपालीद्वारा उद्घाटन

mandir2-1597035302.jpg

थाहा नगरपालिकाको वडा नं. ९ चित्लाङमा हिन्दूहरुको आस्थाको केन्द्र शिबलिङ्ग सहितको महारुद्रेश्वर मन्दिर निर्माण गरिएको छ । 

थाहा नगरपालिका र स्थानीय लामिछाने समाजको संयुक्त लगानीमा चित्लाङको स्वच्छन्द भैरब नदीतटमा मन्दिर निर्माण गरिएको हो । 

थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले एक समारोहका बीच आइतबार उक्त मन्दिरको उद्घाटन गर्नुभयो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण लामिछानेको सभाध्यक्षतामा भएको महारुद्रेश्वर मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख गोपालीले थाहा नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न यहाँको मठमन्दिरहरुको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले मन्दिर निर्माणसँगै यसको संरक्षणमा जुट्न र पर्यटकीय हिसाबले प्रचारप्रसार गर्न समेत स्थानीयलाई आग्रह गर्नुभयो । 

उक्त अबसरमा थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष पर्शुराम श्रेष्ठले ऐतिहासिक, धार्मिक, पुरातात्विक र साँस्कृतिक दृष्टिकोणले चित्लाङ महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

आइतबार चित्लाङमा महारुद्रेश्वर मन्दिरसँगै दाहसंस्कार स्थल(घाट) र धाराको समेत उद्घाटन गरिएको छ । 

कार्यक्रममा उपप्रमुख गोपाली, वडा अध्यक्ष श्रेष्ठ, वडा सदस्यहरु, निर्माण व्यवसायी जयराम लामिछाने, लामिछाने समाजका अध्यक्ष बासुदेव लामिछानेलगायतको उपस्थिति रहेको थियो । 
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg