Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

गाेपाली गाँउमा परम्परागत सङ्गीत कार्यक्रम

-शम्भु अधिकारी

नेपाल सङ्गीत तथा नाट्य प्रतिस्ठानको आयोजनामा आज थाहा ३ को गोपाली गाउँमा परम्परागत सङ्गीत कार्यक्रम २०७४ समपन्न भएको छ । शास्त्रीय तथा परम्परागत सङ्गीत बिभागका प्रमुख प्राज्ञ उदय श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम गोपाली गाउँका जेष्ठ बृद् नागरिक तथा प्रमुख अतिथि कुल बा गोपालीले धिमे बाजा बजाएर उद्द्घाटन गर्नु भयो । कार्यक्रमको बारेमा प्रकाश पार्दै सभापति उदय श्रेष्ठले बिसुद्द कला सस्कृतीको संरक्षक गर्ने सस्था भएकोले लोपोन्मुख परम्परागत गित सङ्गीतको खोजी गरि भबिस्यमा नया पुस्तालाई अनुसन्धान गर्न सजिलो होस भनेर यिनिहरुको अभिलेख राख्न कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । थाहा नगरपालिकामा भएको परम्परागत लोक ,तथा जातीय सङ्गीतलाई खोजी गरि यहाँको कलासस्कृतीलाई प्रतिस्ठानको लाइब्रेरीमा राखिने बताउदै जात सङै आफ्नो पहिचान पनि आउने भएकोले यसको जगेर्ना गर्न र पश्चिमाहरुले हाम्रा धिमे र झ्याम्टालाई बिगारेर ड्रम सेट बनाए जसरी अरु बाजा हरुलाइ बिगारेर निर्यात हुन बाट बचाउन आग्रह गर्नु भयो। संगीत कार्यक्रममा थाहा नगरका जातिय पहिचान हुने बाजाहरुको साङ्गेतिक कार्यक्रम प्रस्तुत गरिएको थियो संगीत प्रस्तुत गर्ने हरुमा थाहा ३ डाडागाउको पन्चेबाजा,गोपाली गाउको जुगि बाजा ,पालुङ सास्कृतिक संरक्षण समूहको धिमे बाजा डाडाबासको झाक्री बाजा ,झि नेवा पुचको नेवारी बाजा,तातुङ बाट सामुहिक बासुरी बाजा ,थाहा ३,४ का थाहा खैचेडी भजन लगायतका सङ्गीत प्रस्तुत गरियो । तेसै गरि कार्यक्रममा थाहा कला केन्द्रले विभिन्न जातीय तथा भासिय सस्कृती झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ,कार्यक्रमलाई ब्यबस्थापन गोपाली सास्कृतिक समूह र थाहा कला केन्द्रले गरेका थिए । कार्यक्रममा अतिथीहरु वडा न ३ का अध्यक्ष राजेस के सि ,पालुङ क्याम्पसका प्रमुख रामहरी अधिकारी ,थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान ,गोपाली सास्कृतिकका अध्यक्ष शुसान्त गोपाली लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्ना मौलिक संगीत प्रस्तुत गर्ने समूहहरुलाई प्रमाणपत्र प्रदान गरियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...