Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

खोप सुरक्षित छ, शंका गर्नु पर्दैन

covid-vaccine161043301182-1611557268.jpg

सबै प्रदेशमा खोप पठाउने काम भइरहेको छ । बुधबारदेखि खोप लगाउन सुरु हुन्छ । ४ लाख ३० हजार जनालाई पहिलो चरणमा खोप लगाउने हो । 


काठमाण्डौ, भक्तपुर, ललितपुरलगायतका सुगम ठाउँमा आजभोलिमै खोप लगाउन पनि सकिन्छ नै । तर पनि सरकारले सबै प्रदेशमा एकैपटक लगाउने भनेकाले सरकारको नीतिलाई मान्नै पर्छ ।  भण्डारण र ढुवानीमा खासै समस्या नभए पनि दुर्गम जिल्लामा ढुवानीका लागि भने केही समस्या आउन सक्छ । 

खोप पुग्नका लागि दुई दिन लाग्न सक्ने ठाउँहरु पनि छन् । तर खोप लगाउने समय बुधबारभन्दा अगाडि नै पुग्छ भन्ने आशा राखौँ ।  खोप आएको धेरै समय नभएकाले लगाउनका लागि ढिला भएको छैन ।

सहज हुने जिल्लाहरुमा खोप लगाइहाल्न आवाज उठे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएन । मन्त्रालयले सबै जिल्लामा एकैपटक खोप लगाउने भनेको छ । मन्त्रालयको निर्णयका आधारमा नै कसरी जाने भन्ने कुराको निर्धारण हुन्छ । 

हेटौँडा, बुटवल, नेपालगञ्ज, धनगढीलगायतका ठाउँमा प्रादेशिक आपूर्ति केन्द्रहरु  छन् । यी केन्द्रहरुबाट अरु जिल्लाहरुमा खोप पठाउने हो । ढुवानी र भण्डारणमा चुनौती छैन । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने खोप भएकाले सहज नै छ ।  प्रदेशसम्म ढुवानी गर्न पनि गाह्रो छैन । 

कुनै(कुनै जिल्लामा ढुवानी गर्न भने गाह्रो हुन सक्छ । जस्तै नेपालगञ्जबाट कर्णाली प्रदेशमा लैजान समस्या हुन सक्छ । मुगु, डोल्पा, हुम्लालगायतका जिल्लामा हेलिकप्टर चलेमा मात्र लैजान सकिने भएकाले कठिन हुन सक्छ । अरु ठाउँमा खासै समस्या हुँदैन । जम्मा २ प्रतिशत नागरिकलाई अहिले खोप लगाउने हो ।

स्वास्थ्यकर्मीले नै स्वास्थ्यकर्मीलाई खोप लगाउने लगाउने भएकाले तालिम दिन त्यति आवश्यक छैन । खोप लगाउने विधि सजिलो छ । खोप लगाइसकेपछि १५ मिनेटदेखि आधा घण्टा आराम गर्न लगाइन्छ  । तालिम भर्चुअल माध्यमबाट सामान्य तरिकाले दिइन्छ । समुदायमा गएर सबैलाई लगाउनुपरेको अवस्थामा चाहिँ तालिमको धेरै आवश्यकता पर्छ । 

काठमाण्डौ उपत्यकामा वीर, पाटन, प्रसूतिगृहलगायतका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने आवश्यकता त्यति हुँदैन । तर  नयाँ खोप भएकाले काउन्सिलिङ भने गर्नुपर्ने हुन्छ ।  

खोपबारे आशंका गर्नु पर्दैन

नयाँ खोप भनेर कतिपयमा आशंका हुनु स्वभाविक हो । भारतबाट ल्याइएको खोप भनेर भारतकै खोप त हो नि भन्ने धेरैको बुझाइ छ ।  

भारतमा बन्दैमा खोप भारतको हुँदैन । अहिले भारतबाट नेपाल ल्याइएको खोप बेलायतको एउटा कम्पनीसँग मिलेर बनाएको खोप हो । यो सुरक्षित छ । शंका गर्न पर्दैन । तर काउन्सिलिङको पाटो एकदमै महत्त्वपूर्ण हुन्छ । समुदायमा, प्रत्येक स्वास्थ्यकर्मीमा काउन्सिलिङ हुनुपर्छ । 

काउन्सिलिङको कुरामा मन्त्रालयको पनि निक्कै चासो छ । खोप विकास हुनका लागि ५ देखि ७ वर्ष लाग्छ । ५, ६ महिनामा नै तयार भएको खोप भएकाले मानिस सशंकित भएका हुन  सक्छन् । अहिलेको खोप पनि  परीक्षण गरेर विकास गरिएको हो । पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गरेर तयार पारिएको हो । 

भारतमा ३ लाखभन्दा धेरैलाई यही खोप दिइसकिएको छ । खोप लगाएकामध्ये केहीको ज्यान गएको छ । केही अस्पतालमा भर्ना भएका छन् ।  ७० वर्षभन्दा माथिका तथा सिकिस्त बिरामीलाई खोप लगाएमा स्वभाविक रुपमा ज्यान जान्छ । त्यस्ता व्यक्तिको खोप नलगाएको भए पनि ज्यान जान्थ्यो । दोष मात्र खोपले पाएको हो । 

तेस्रो चरणको परीक्षण  पार गरेर आएको खोप भएकाले आत्तिनुपर्ने आवश्यकता छैन । कसैलाई लगाउन मन लाग्दैन भने जबर्जस्ती लगाउनै पर्छ भनिएको छैन । तर  खोप पाएसम्म र उपलब्ध भएसम्म सबैले लगाउँदा राम्रो हुन्छ । सरकारले पनि ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने  भनेर प्रतिबद्धता जनाएको छ । 

अहिले २ प्रतिशत नागरिकका लागि मात्र खोप आएको छ । थप खोप आएपछि मात्र आम मानिसलाई लगाउने हो । सरकारले आफ्नो दायित्व पूरा गर्ने हो । कसैलाई खोप लगाउन इच्छा नलागे नलगाउन पनि पाइन्छ ।  मन्त्रालयले सबैलाई खोप दिनुपर्छ भनेर भनिरहेको छ । 

विश्व स्वास्थ्य संगठनले अहिले कुनै पनि खोपलाई आम मानिसलाई प्रयोगका लागि अनुमति दिएको छैन । आपतकालीन प्रयोगका लागि मात्रै अनुमति दिएको हो । फाइजर कम्पनीले बनाएको खोप अमेरिका र बेलायतमा प्रयोग भयो । यी खोपलाई पनि विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि मात्र अनुमति दिएको हो । 

अमेरिका, बेलायत र भारतमा बनेका सबै खोप एकै लेबल हुन् । खोपले आम परीक्षणको लागि अनुमति पाउनका लागि भने केही समय लाग्छ । खोप लगाउनका लागि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउनु भन्नुको अर्थ खोप नै खराब छ भन्ने होइन । कुनै पनि खोप लगाउँदा स्वभाविक रुपमा नै सतर्कता अपनाउनुपर्छ । 

कोरोनाको खोप मात्र नभइ अरु कारणले अस्पताल जाँदा वा अरु रोगको खोप लगाउँदा पनि सतर्कता त अपनाउनै पर्छ । दादुरा, रुबेलालगायतका नियमित खोप लगाउँदा पनि सतर्कता अपनाउनुपर्छ भनेर भनिएको हुन्छ ।

कुनै खोपले कसैलाई एलर्जी लगायतका समस्या हुन सक्छ । अप्ठ्यारो हुन सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता भने अपनाउनै पर्छ । कसैलाई अप्ठ्यारो भएमा त्यसको पनि समाधानतर्फ लाग्नुपर्छ ।  आम मानिसमा प्रयोग गर्दा झनै सतर्कता अपनाउनु पर्छ । 

खोपको वितरण पारदर्शी हुन्छ

पहिलो चरणमा लगाएका समूहलाई नै फेरि ४ हप्तापछि दोस्रो डोजको खोप लगाउने हो ।  १० लाख डोज खोप छ भनेर १० लाख मानिसलाई अहिले नै  दिँदा दोस्रो डोज लगाउने बेलामा खोप आएन अथवा पाइएन भने समस्या हुन्छ । 

गर्भवती, स्तनपान गराउने र  बालबालिकालाई कोरोनाको खोप लगाइँदैन । पहिला डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई सुरक्षित गरिएन भने अरुको उपचार कसरी गर्ने रु

दीर्घरोगी, सिकिस्त बिरामीहरु अहिले लगाउने  भनिएको तीन प्रतिशतभित्र परेका छैनन् । ती  दोस्रो प्राथमिकतामा पर्छन् कतिपय विवादित कुराहरु पनि छन् । कतिपयले युवालाई पहिले खोप दिनुपर्छ भनेका छन् । तर युवामा रोगसँग लड्न सक्ने क्षमता धेरै हुने भएकाले पहिला युवालाई भन्दा अरुलाई नै दिनुपर्छ । कोरोना लागिसकेका मानिसले पनि कोरोनाविरुद्धको खोप लगाउनुपर्छ। 

खोपको वितरण पारदर्शी रुपमा हुन्छ ।स्वास्थ्यसंस्थाको मागको आधारमा खोपको वितरण हुन्छ । जतिलाई आवश्यक पर्छ,  त्यति माग्नुपर्छ र लगाइसकेपछि अभिलेख सार्वजनिक पनि गर्नुपर्छ । पहुँचवालाले मात्र खोप लगाउने होइन । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मन्त्रीहरु पनि अहिले प्राथमिकतामा पर्दैनन् । 

नेपाल र भारत सरकारको समन्वयमा खोप आएको हो । अब कहिले खोप आउँछ थाहा छैन । गाभीबाट २० प्रतिशत खोप सन २०२१ को  पहिलो चौमासिकमा आउने भनिएको छ ।  दोस्रो प्राथमिकतामा पर्नेको पालो कहिले आउँछ वा अब के गर्ने भन्ने बारे छलफल हुनै बाँकी छ । विश्वभर खोपको माग छ । उत्पादन थोरै छ । त्यसकारण अझै एक वर्ष जति कुर्नुपर्छ होला । 

निजी कम्पनीलाई खोप ल्याउने अनुमति तत्काल दिनु हुँदैन । पहिला गरिब नेपालीलाई दिएपछि पछि जस्ले पाएको छैन, जो किनेर पनि लगाउन सक्छ, र सरकारले ल्याउनै सकेन भने मात्रै निजी कम्पनीलाई खोप ल्याउनका लागि अनुरोध गर्ने हो । पछि व्यापार गर्ने कुरा भनेको आफ्नो ठाउँमा छ । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg