Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

खाद्यवस्तु भित्र पैसा राखेर बिक्री: स्वास्थ्य सुरक्षा र नियमनमा बेवास्ता

529193111_165116234890659-1754552469.jpg

बजारमा पछिल्ला दिनमा एक चकित पार्ने र चिन्ताजनक प्रवृत्ति देखिएको छ। यहाँका बालबालिकाको रोजाइमा पर्ने खाद्यवस्तुहरू — विशेषतः मकैका ढुङ्ग्रिमा — पैसाका नोट रोल गरेर राखी बिक्री भइरहेको छ। ‘हरिओम फुड प्रा.लि.’ नामक कम्पनीबाट नवलपरासी, गैडाकोट–११ मा उत्पादन हुने यी ढुङ्ग्रिहरूमा पाँच रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मका नोट राखेर बिक्री भइरहेको पुष्टि भएपछि खाद्य सुरक्षाको सवालमा गम्भीर प्रश्न उठेका छन्।

पैसा खाद्यपदार्थमा?

चितवन, नवलपरासी, मकवानपुरलगायतका जिल्लामा खुलेआम बिक्रि भइरहेको यसखाले वस्तुमा व्यापारीहरूले नोटलाई प्लास्टिकमा बेरेर ढुङ्ग्रिभित्र राख्ने गरेका छन्। विज्ञापनका माध्यमबाट आकर्षक शब्द प्रयोग गर्दै बजारमा यसलाई प्रवद्र्धन गरिँदैछ। एकातिर बालबालिका लक्षित गरिएका यी वस्तुहरू चिट्ठाको मोहमा बेचिँदै छन् भने अर्कोतिर यसको नियमन, अनुगमन र स्वास्थ्य मापदण्ड परीक्षण गर्ने जिम्मेवार निकाय मौन बसेका छन्।

उपभोक्ता झुक्किने रणनीति

बालबालिकालाई लक्षित गरिएका आकर्षक प्याकिङ, रंगीन पोस्टर र ‘पैसा पाउने’ आशाले अभिभावकहरू नै लोभिन पुगेका छन्। बजारमा देखिने यस्तो प्रचारले ‘खेलकुदका रूपमा पैसा जित्ने’ आशा बोकेर बालबालिका धेरै यस्ता वस्तु किनिरहेका छन्। अभिभावकहरूको भनाइमा, “बच्चाहरूले एकचोटि पैसा भएको मकै पाएपछि बारम्बार किनिदिन कर गर्छन्। यिनीहरूको स्वास्थ्यको ख्याल भन्दा पनि उनीहरूको लोभले हामी दबिन्छौं।” यसरी खाद्ययवस्तुमा पैसा राखेर बिक्री गर्न नहुने उपभोक्ता अधिकारकमी अजय अधिकारी बताउँछन् ।

स्वास्थ्य जोखिमको संकेत

पैसाका नोटहरू स्वास्थ्यका दृष्टिले अत्यन्तै संवेदनशील हुने गर्छन्। बजारमा चलनचल्तीमा आउने नोटहरूमा धुलो, ब्याक्टेरिया, किटाणु र विषाणु हुन सक्छन् भन्ने कुरा विज्ञहरूले बारम्बार औंल्याउँदै आएका छन्। यस्ता नोटहरूलाई खाद्यवस्तुमा हाल्दा तिनको सतहमा रहेका सूक्ष्म जीवाणु खाद्यपदार्थमा सर्ने सम्भावना रहन्छ।

कानूनी व्यवस्था के भन्छ?

नेपालको खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ ले खाद्य वस्तुहरूमा अशुद्ध, हानिकारक, वा गैर–खाद्य वस्तु राखेर बिक्री–वितरण गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। साथै, यस्तो कार्यले आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खतरा भएमा सम्बन्धित व्यक्तिलाई कारवाही गर्न सकिने कानुनी प्रावधान पनि छ।

नियमनकारी निकायको निष्क्रियता

पछिल्लो समयमा उपभोक्ताको स्वास्थ्य तथा उपभोग्य वस्तुको गुणस्तरमाथि ध्यान पुर्‍याउनु पर्ने सम्बन्धित सरकारी निकायहरू निष्क्रिय देखिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण , जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण इकाई लगायतका निकायहरू यस्तो कार्य भइरहेको थाहा हुँदाहुँदै पनि बेवास्ता गरिरहेका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg