Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

कोरोनाको कहर : मानसिक स्बास्थ्यको पनि ख्याल गरौ । - गोपाल ढकाल, मनोविद ।

meditacija-1624269005.jpg

कोरोनाको प्रकोपले अहिले विश्वलाई नै आक्रान्त एवं त्रसित बनाएकोछ। रोगको संक्रमण बढदा शारिरिक स्वास्थ्यमा असर पर्ने नै भयो। साथै मानसिक स्बास्थ्यमा समेत समस्या देखिन सक्छ। प्राकृतिक बिपत्ति वा प्रकोप पर्दा, मानव सूर्जित घटनाहरु तथा कोरोना भाईरस जस्ता संक्रमणको कारणले रोग व्याधि फैलिदा मनोसामाजिक समस्याको जोखिम बढेरजान्छ । शरीर र मन एक अर्काका परिपुरक हुन। शरिरमा रोग लाग्छ यसको असर मनमा पनि पर्छ।

साथै मनमा समस्या आउदा अर्थात मानसिक वा मनोसामाजिक समस्या हुँदा शरिरिक लक्षणहरु पनि देखिन्छन। लकडाउनको बेला सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि बिशेष ध्यान पुर्याउनुपर्छ। अन्यथा आफ्नो मनको स्याहार सुसारमा ख्याल नपुर्याउदा मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढछ । को‍नोनाको प्रकोपले स्वभाबैले मानिसहरुको मनमा पनि असर पुर्‍याएकोछ। तनाब, डर, चिन्ता, अनिन्द्रा, छट्पटी, नैरस्यता जस्ता लक्षणहरु मनमा देखिन थालेकाछन। यसलाई असहज अबस्थामा देखिने स्बभाबिक प्रतिक्रियाको रुपमा लिईन्छ। धेरैको लागि यस्ता असरहरु अस्थाई हुन्छ। समय बित्दै जादा ढिलो चाड‍ो प्रायजसो मानसिहरु आफै पुर्व अबस्थामा फर्कन सक्छन्। केहिलाइ भने पुर्ब अबस्थामा फर्कन गार्हो पर्न पनि सक्छ। यस्तो हुदा बिज्ञको सहयोग पनि चाहिन सक्छ ।

कोरोनाको असरले ल्याउन सक्ने मानसिक स्बास्थ्य समस्या :

१. एन्जाईटी - विभिन्न किसिमका डर - चिन्ता जन्य समस्याहरु ।

२. डिप्रेसन - दिक्दारिपन तथा आत्महत्याको सोचाई वा प्रयास ।

३. मानसिक आघात - पिडादायिक घटना पछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।

४. प्यानिक अट्याक - एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास ।

५. समायोजनको समस्या - परिस्थितिसँग जुझ्न नसकिरहेको अबस्था ।

६.अब्सेसिभ कम्पल्सिभ डिसअडर्स - एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याई रहने मानसिक रोग ।

७. जाँड रक्सि , लागू प्रदार्थको लत ।

८. कन्भर्सन डिसअडर्स - डर, त्रास , तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या ।

९. एक्युट स्टेस डिसअडर्स - तत्कालै देखा पर्ने तनाब जन्य समस्या । संकटको बेला मनमा पर्ने असर भने ब्यक्ति पिच्छे फरक फरक हुनसक्छ। कसलाई कति असर पर्छ भन्ने कुरा ब्यक्तिको उमेर, लिङ, स्वंय ब्यक्तिको शारीरिक, मानसिक अबस्था, ब्यक्तित्व, परिस्थितिसँग जुझ्ने ज्ञान , सीप, मानसिक क्षमता, अनुभव, तनाब ब्यबस्थापनको तौर-तरिका, दैनिक जीवन शैली, ब्यक्तिले प्राप्त गरेको सहयोग जस्ता कुरामा भरपर्छ । बिपतिको बेला कतिपय मानिसले संयमिता गुमाउन पनि सक्छन। उनिहरुले समस्यासँग जुझ्न गलत उपाय वा तरिका अपनाइ रहेका हुनपनि सक्छन् । नचाहदा नचाहदै नकारात्मक क्रियाकलाप गरिरहेका हुनसक्छन्। बिपतिमा सबैले आफुलाई समाल्न सक्छन् भन्ने पनि हुदैन। उनिहरुलाई सहयोगको जरुरत पर्दछ। प्रकोपको मानसिक असर लामो समय सम्म नरहोस तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढोस भन्नका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ । बिपतिको बेला ब्यक्तिको मनमा देखा पर्ने त्रास , भय, छटपटि, मानसिक अशान्ति, नैरस्यता र यसको कारण आउन सक्ने व्यवहारजन्य गडबडीलाई ब्यबस्थापन गर्ने दिईने सबै प्रकारका ब्यबहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोबैज्ञानिक सहयोग हो। प्राथमिक मनोबैज्ञानिक सहयोग पाउदा ब्यक्तिको मनमा शान्ति , स्थिरता आउँछ। तनाब ब्यबस्थापन गर्न सहयोग मिल्छ । दैनिक जीवनमा पर्किन सजिलो हुन्छ । कोरोनाको संक्रमण बढेको बेला स्वंय ब्यक्तिले आफ्न‍ो शारीरिक स्बास्थ्यको ख्याल गर्नुका साथै मनक‍ो स्याहारसुसारमा पनि बिशेष ध्यान दिनु जरुरी हुन्छ। जसलाई स्व हेरचाह भनिन्छ ।

आफ्नो मनको स्याहारसुसार कसरी गर्ने ?

१. करोनाको संक्रमणबाट ज‍ोगिन लकडाउनको पुर्ण पालना गर्नुपर्छ। सरसफाइमा ध्यान दिनु पर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउदा मन ढुक्क हुन्छ । यसले डर , त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ । आफू स्वास्थ छु भन्ने आत्मबल बढछ।

२. फुर्सदको बेला मानसिक तनाब नहोस भनेर समय ब्यबस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्य तालिका बनाएर आफ्नो दिन चर्यालाई संतुलित बनाउन सकिन्छ। आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ। यसो गर्नाले मनमा कोरोना सम्बन्धि कुरा खेल्न पाउदैन । नत्र जति बेला पनि कोरोनातिर ध्यान गई त्रास बढन सक्छ ।

३. कोरोनाको जोखिमबाट जोखिन सत्य तथ्य जानकारी त लिने तर अति सतर्क हुने , चाहिने भन्दा बढि जानकारी लिन खोज्ने , समचार पटक पटक हेरि रहने जस्ता व्यवहार गर्नु हुदैन ।

४. सामाजिक सञ्जाल , इन्टरनेट चलाएर बस्ने भन्दा आफ्नो रुचिको काम गरेर समय बिताउ सकिन्छ । परिवारसँग कुराकानी गर्ने , खेल खेल्न ,किताब पढ्ने, लेख्ने,मनोरञ्जन गर्ने, रमाईला र ज्ञान बर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरयासी काममा समय दिन सकिन्छ ।

५. तनाब कम गर्न शारीरिक ब्यायम , योग , मेडिटेसन , श्वास प्रस्वासको ब्यायम , ध्यान केन्द्रीत गर्ने अभ्यास तथा अन्य आरमदायी अभ्यासले ठूलो मदत पुर्‍याउछ । तनाबको बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।

६. तनाबको बेला सजिलैसँग पच्ने तथा पोषण युक्त आहार खानुपर्छ । जाँडरक्सी तथा लागुपदार्थको सेवनले त झनै समस्या तथा तनाब बढाउछ। आफ्नो स्व हेरचाहका बाबजुद पनि कोरोनाको प्रकोपले गर्दा मनोसामाजिक समस्या देखापरेमा बिज्ञको सहयोग लिनुपर्छ। लकडाउनको अबधिभरी मार्क नेपाल मनोसेवा केन्द्रले निशुल्क मनोपरामर्श सेवा प्रदान गरिरहेकोछ। जसको लागि 9813527732 मा फोन गर्नुपर्ने हुन्छ ।

( लेखक मनोविद हुन। मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg