pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कृषकको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने नीति बनाउन काङ्ग्रेस थाहानगरको माग

असार ४/ कृषकले उत्पादन गरेका तरकारीको बिक्री वितरणमा बिचौलियाको अन्त्य गर्नका लागि आवश्यक पहल गर्न नेपाली काङ्ग्रेस थाहा नगर कमिटीले थाहा नगरपालिकालाई सुझाव दिएको छ । बिचौलियाका कारण कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएको अवस्थामा कृषकको उत्पादन सिधै उपभोक्ता समक्ष पुग्ने वातावरण सृजना गर्नका लागि समेत नेपाली काङ्ग्रेस थाहा नगर कमिटीले आग्रह गरेको छ ।

नेपाली काङ्ग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठले नगर प्रमुख लवशेर विष्टलाई शुक्रवार सुझाव पत्र हस्तान्तरण गर्दै कृषकहरुलाई ब्यवशायिक कृषितर्फ अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।

सुझावपत्रमा  सामुदायिक विद्यालयहरुमा आवश्यकता अनुसारको दरवन्दीको ब्यवस्था गरी सरकारको नीति बमोजिम सरकारी बिद्यालयहरुमा माद्यमिक तहसम्म पूर्ण रुपमा निःशुल्क गर्न माग गरिएको छ।

साथै कोभिड-१९ नियन्त्रणलाई प्राथमिकता दिन आग्रह गर्दै कोभिड बिरामीहरुलाई निःशुल्क औषधि उपलब्ध गराउने नीति समावेश गर्न पनि सुझाव दिइएको छ ।
 
काङ्ग्रेस थाहा नगर कमिटिले सबै वडामा स्वच्छ खानेपानीको ब्यवस्था गर्नको लागि स्पष्ट नीति बनाउन आग्रह गरेकोछ । त्यस्तै कुन्छाल कुलेखानी सडकलगायत नगरका भित्री सडकहरुको स्तरोन्नती गरी सांस्कृतिक पर्याटनको विकासलाई जोड दिन अनुरोध गरेको छ ।
 
विपद् व्यवस्थापनमा पूर्वाधार सहित पूर्व तयारीमा रहन अनुरोध गर्दै प्राकृतिक प्रकोपबाट पीडितहरुलाई तत्काल राहत र उचित ब्यवस्थापन गर्ने नीति बनाउन समेत ध्यानाकर्षण गराएको छ ।

सुझावपत्रमा युवाहरुलाई सीपमूलक तालिमहरुको व्यवस्था गरि स्वरोजगार बनाउन तथा सरकारी कार्यालयहरुका सेवा प्रवाह चुस्त बनाइ भ्रष्टाचार मुक्त नगर बनाउनु पर्ने उल्लेख छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...