pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कृर्तिपुर र थाहाका नगर प्रमुख एकै ठाउँ

-शम्भु अधिकारी

तीन महिना अगाडिदेखि थाहा २ पालुङ लाम्पाटीमा जारी धिमे बाजा प्रशिक्षणको आज एक समारोह बिच थाहा नगरका प्रमुख लबशेर बिस्ट कृर्तिपुर न पा का प्रमुख रमेश महर्जनले संयुक्त रुपमा समापन गर्नु भएको छ। पालुङ सास्कृतिक सम्पदा संरक्षण समितीले तीन महिना देखि बाजा संरक्षण गर्नको निम्ति स्थानीय युवाहरु लाई प्रशिक्षण दिदै आइरहेको थियो । समितिका अध्यक्ष राजकुमार प्रधान जंगलीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि किर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले आफ्नो सस्कार , सम्पदा जोगाउन युवाहरू अगाडि बढ्नुको विकल्प नभएको बताउदै त्यसो नभए केही समय पछि आफ्नो सस्कृती हेर्न बिदेस जानू पर्ने बताउनु भयो । सास्कृतिक परम्पराले थाहा र किर्तिपुर नगरपालिकालाई नजिक ल्याउन मद्त भएको भन्दै चित्लाङ , टौखेल, कुन्छाल, गोपाली गाउँ , पालुङ , ओखरबजार जस्ता नेवारी सस्कृती रहेकोमा यसले दुई नगरलाई मितेरी नगरपालिका बनाउन दुबै नगरले जोड दिनुपर्ने बताउनु भयो । साथै वहाँले सस्कृती जोगाउन थाहा नगरपालिका ले विशेष योगदान गरेको भन्दै धन्यवाद ज्ञापनप गर्नु भयो ।त्यसैगरी प्रमुख अतिथि थाहा का मेयर लबशेर बिस्ट ले सम्पदा हरु जातिगत, रास्ट्र्गत भन्दा अन्तर्राष्ट्रिय रुपमा रहेकाले आ आफ्नो मौलिक सस्कृती जोगाउन सबै नेपाली लाग्नु पर्ने बताउदै सम्पदा भाषा सस्कृती जोगाउन थाहा नगरपालिकाले सदैब सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो साथै वहाँले थाहाको नेवारी सस्कृती जोगाउन किर्तिपुर नगरपालिकाले गरेको सहयोग अनुकरणीय भएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो । प्रशिक्षक लक्षमण महर्जनले सिकाएको कुराहरू सिक्ने युवाहरूले फेरि अर्को पुस्तालाई सिकाउदै हस्तान्तरण गर्दै जानेमा आफू बिश्वास लिदै थाहानगरपालिकाले गरेको सहयोगको प्रसंशा गर्नु भयो । कार्यक्रममा थाहा २ का अध्यक्ष गुप्त कार्की, किर्तिपुर नगरपालिका १ का अध्यक्ष हर्ष महर्जन , किर्तिपुर नगरका दाखल कपा गुरु श्रीकृष्ण महर्जन , मुलगुरु अस्ट्मान श्रेष्ठ , भाषागुरु प्रेमबहादुर श्रेष्ठ धिमे गुरुहरु लक्षमण महर्जन, धनेस महर्जन, नरेश महर्जन, हरिगोपाल महर्जन, खपजुजु मदन मान श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो । ५७ जना युवाले सिकेको बाजामा हिर्दयमान श्रेष्ठ, प्रमिता श्रेष्ठ, प्रमोद श्रेष्ठ उत्कृष्ट ठहरिए । इन्द्रायणी भैरब गुठी का श्याम भक्त श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न नेवारी सास्कृतिक झाकी र परम्परा प्रस्तुत गरिएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...