pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कुलेखानी ड्याममा घट्यो पानीको स्तर

244612208_166359415668045-1696903165.jpg

 कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा गत वर्षको तुलनामा यो वर्ष कम पानी सङ्कलन भएको छ ।

नेपालबाट वर्षाको मौसम बाहिरिएको र पानी पर्ने क्रम घट्दा जलाशयमा गत वर्षभन्दा कम पानी सङ्कलन भएको पाइएको हो । गत वर्षको तुलनामा यो वर्ष जलाशयमा यही अवधिमा पानीको सतह घटेको हो । नेपालको जलाशययुक्त यस आयोजनालाई जलविद्युत्को महत्त्वपूर्ण ब्याकअपका रूपमा समेत मानिन्छ । 

सोमबार दिउँसोसम्मको जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ मिटर पुगेको छ । एक वर्षअघि असोज २२ गते दिउँसो आयोजनाको जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२३.१४ मिटर मापन गरिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमले जनाएको छ । गत वर्ष असोज ३१ गते जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२८.८४ मिटर मापन गरिएको थियो । 

जलाशयमा जलाशय रहेको इन्द्रसरोवर गाउँपालिकासँगै थाहा नगरपालिका क्षेत्रमा रहेका खोलाहरूबाट आउने पानी सङ्कलन हुँदै आएको छ । त्यस क्षेत्रमा विगतका वर्षको अनुपातमा कम वर्षा भएका कारण पनि आयोजनाको जलाशयमा पानी सङ्कलन कम भएको हो । 

कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले गत वर्षको तुलनामा यो वर्ष आयोजनाको जलाशय क्षेत्रमा कम पानी परेका कारण पानी सङ्कलनको दरसमेत कम भएको जानकारी दिनुभयो । 

उहाँले जलाशयको पानी प्रयोग गरी वर्षाको समयमा विद्युत् उत्पादन भएकाले पानी कम सङ्कलन भएको बताउनुभयो । “नेपाल विद्युत् प्राधिकरणले अहिले भारतमा विद्युत् बिक्री गरिरहेको छ, त्यसमा कुलेखानीका तीन वटै आयोजनाबाट उत्पादित विद्युत्समेत पर्छ,” उहाँले भन्नुभयो, “महँगो मूल्य पाउँदा विद्युत् बिक्री गर्ने भएकाले कुलेखानी आयोजना सञ्चालन हुँदा जलाशयको पानी खपत हुन्छ ।”

उहाँका अनुसार पछिल्ला दुई दिन आयोजनाबाट कम परिणाममा विद्युत् उत्पादन भएको छ । पछिल्लो दुई दिन ३० देखि ४० मेगा÷आवर विद्युत् उत्पादन भएको छ । 

उहाँले विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्नसमेत जलाशयको पानी उपयोग गरी कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने गरिएको बताउनुभयो । 

आकासे पानीको भर

गत वर्ष मङ्सिर १ गते भरिएको कुलेखानी आयोजनाको जलाशय यो वर्ष भरिन आकाशको पानीमा नै भर पर्नुपर्ने भएको छ । जलाशय क्षेत्रमा सामान्य वर्षा अहिले पनि भइरहेको छ तर जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बहिर्गमन हुने क्रम सुरु भएको जनाएकाले अब जलाशय क्षेत्रमा वर्षाको सम्भावनासमेत कम हुँदै गएको अवस्थामा जलाशय भरिने सम्भावना न्यून देखिएको छ । 

जलाशयको सतह समुद्री सतहबाट एक हजार ५३० मिटर पुग्दा जलाशय भरिन्छ । गत वर्ष कात्तिकको मध्यमा पुग्दा जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२८.८४ मिटर पुगेको थियो । 

जलाशयको पानीको सतह बढेर जलाशय भरिएर निस्कने पानी कुलेखानी खोला हुँदै बागमती नदीमा मिसिने गरेको छ । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रो जलविद्युत् केन्द्रको १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।

कुलेखानी प्रथममा विद्युत् उत्पादन भएपछि निस्किएको पानीले दोस्रो र दोस्रोमा विद्युत् उत्पादन गरी निस्किएको पानीसहित स्थानीय खोलाको पानी प्रयोग गरी भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएको छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...