Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कान्ति बाल अस्पताल प्रकरण:- कांग्रेस थाहानगर द्वारा स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

FB_IMG_1694451089727-1694451597.jpg

नेपाली काङ्ग्रेस थाहा नगर समितिले कान्ति बाल अस्पतालमा थाहा १० को बालिकाको अस्पतालको लापरबाही बाट मृत्यु भएपछि घटनाको सत्यतथ्य छानबिन र पिडित परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत समक्ष ज्ञापनपत्र बुझाएको छ।

 काठमाडौँको बाफल बस्ने थाहा नगरपालिका–१० मकवानपुरकी पाँच वर्षीया रेजिसा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रीता गोपाली र हजुरबुवा कृष्णबहादुर गोपालीले १८ गते साँझ ५ बजे कान्तिको आकस्मिक कक्षमा पु-याउनु भएकोमा दुई घण्टासम्म कुर्दा पनि आकस्मिक उपचार नपाएपछि सोही साँझ ७ बजे रेजिसाको मृत्यु भएको घटनाको छानबिन गरि दोषीमाथी कडा कारबाहीको माग र पिडितलाई क्षतिपूर्तिको माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत समक्ष ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले बताउनुभयो।
जोशीले, मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउदै 
मन्त्रीले  घटनाका दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो।

 कान्ति अस्पतालको घटनाका विषयमा जानकारी पाएको भन्दै यस विषयमा तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई घटनाका विषयमा छानबिन समिति बनाएर दोषीलाई कडा कारबाही गर्न निर्देशन दिइसकेको मन्त्री ज्यु बाट जानकारी भएको सभापति जोशीले  बताउनुभयो। 

ज्ञापनपत्र बुझाउन नगर सभापति जोशीको नेतृत्वमा भरत लामा, रामकृष्ण गमाल, विक्रम गोपाली, कुलचन्द्र अर्याल, श्रीकृष्ण केसीलगायतका काँग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसअघि स्वास्थ्य अवस्था जटिल भएकी बालिकालाई आकस्मिक कक्षबाहिर घण्टौँ राखिएको र उपचार नपाई ज्यान गएको भन्ने खबर सार्वजनिक भएको थियो। स्वास्थ्य मन्त्रालयको निर्देशनपछि कान्ति बाल अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरू दाहाल सदस्य रहेको छानबिन समिति गठन गरेको छ। 

FB_IMG_1694451622144-1694451645.jpg
FB_IMG_1694451919288-1694452037.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...