himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

कसरी थाहा पाउने राम्रो क्वालिटीको इन्डक्सन चुल्हो ?

frigidaire_cooktop_induct-1637025270.jpg

अन्तर्राष्ट्रिय बजारमा इन्धनको लगातार मूल्यवृद्धि हुन थालेपछि मानिसहरुले खाना पकाउनका लागि विभिन्न विकल्पहरुको खोजी गरिरहेका छन् । त्यसैक्रममा पछिल्ला केही वर्षदेखि नेपालमा पनि इन्डक्सन चुल्होको बारेमा चर्चा शुरु भएको थियो ।

 

भारतले नाकाबन्दी गरेको समयमा पनि यसको चर्चा राम्रै भएको थियो । चीन सरकारले अनुदानमा दिएको ४ हजार थान इन्डक्सन चुल्हो सरकारी स्वामित्वको तत्कालीन खाद्य संस्थानले बिक्री गरेको थियो ।

बजारमा अनेकन मोडलका इन्डक्सन चुल्हो पाइन्छन् । त्यसका मूल्य पनि फरक फरक छन् । चिनियाँ कम्पनीका इन्डक्सन कम मूल्यमा पाइन्छ भने विशेष गरी भारतीय र तेस्रो देशमा बनेका इन्डक्सन चुल्होको मूल्य अलिक बढी पर्छ ।

खासमा मूल्यभन्दा पनि कस्ता इन्डक्सन चुल्हो आवश्यक हो र किफायती हुन्छ भन्ने बारेमा उपभोक्ताले थाहा पाउन जरुरी हुन्छ ।

नेपाल बिद्युत् प्राधिकरणले बिद्युत् खपत बढाउनका लागि इन्डक्सन चुल्होको प्रयोग बढाउने बताउँदै आएको छ । त्यसैका लागि बिजुलीको महशुल घटाएको पनि उसको दावी छ ।

तर, सामान्यता इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकले १५० युनिट बराबरको बिजुली खपत गर्छ भन्ने मान्यौ भने उसले प्रतिमहिना ९५२ रुपैयाँ महशुल तिर्नुपर्छ । नेपाल आयल निगमले पछिल्लो पटक गरेको मूल्यवृद्धिका आधारमा हेर्दा एक सिलिण्डर ग्यासको मूल्य १ हजार ५७५ रुपैयाँ पर्न जान्छ ।

अन्तर्राष्ट्रिय बजारमा अझै पनि ग्यासको मूल्य वृद्धि हुने क्रम जारी रहेकाले नेपालमा पनि मूल्यवृद्धि हुने सम्भावना अझै रहेको छ ।
यस्तो अवस्थामा उपभोक्ता इन्डक्सन चुल्होतर्फ आकर्षित हुने सम्भावना देखिन्छ । त्यसैले कस्ता इन्डक्सन चुल्हो छनौट गर्ने र त्यसको मूल्यकति पर्छ भन्ने बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

इन्डक्सन चुल्हो के हो ?
इन्डक्सन चुल्होले चुम्बकीय प्रतिक्रियाद्वारा भाँडोलाई तताउने काम गर्छ । यसको ताप सिधै भाँडामा पर्ने हुनाले भाँडो एकदमै छिटो तात्छ । ताप पनि सबैतिर समानरुपमा जाने भएकाले ग्यासको तुलनामा इन्डक्सन चुल्होमा चाँडो खाना पाक्नुका साथै राम्रो तरिकाले पनि पाक्छ । यसले धेरै ताप फाल्दैन र यसका साथै ग्यासको तुलनामा यो एकदमै सुरक्षित पनि छ ।

त्यसमा प्रयोग गरिने भाँडा भने स्टीलको वा फलामको हुनु पर्छ । तामा, पित्तल, अचुम्बकीय स्टील, आलुमिनियमहरु भने यसमा प्रयोग गर्न हुँदैन । साधारण अर्थमा चुम्बक टाँसिने भाँडाको प्रयोग गर्न सकिन्छ । यस्तै भाँडाको पीँध पनि समतल हुनु पर्छ ।

बजारमा इन्डक्सन चुल्होमा प्रयोग हुने कुकर, कराई र प्यानहरु उपलब्ध छन् । यस्ता भाँडाहरुको प्रकार र कम्पनी हेरेर मूल्य पनि फरक फरक पर्छ । सामान्यतया १ हजारदेखि २ हजार ५०० सम्ममा त्यस्ता भाडा पाइन्छ्न ।

भाँडा किन्दा चुल्होको आकार र आयतनका आधारमा लिनुपर्ने जानकारहरुको भनाइ छ । चुल्होको प्लेटको आयतनसँग मेल नखाने भाडाले काम नगर्ने प्रयोगकर्ताको भनाइ छ । ग्यासको तुलनामा इन्डक्सन चुल्हो सरल, स्वस्थ्यकर र छिटो पाक्ने हुनाले यसको सही उपयोग गरेर लाभ लिन सकिन्छ ।

जति तापक्रम सेट गरिन्छ, त्यही आधारमा काम गर्ने हुँदा इन्डक्सन आफैमा महत्वपूर्ण छ । सामान्यता यसको न्यूनतम तौल अधिकतम १.५ किलो बराबर हुन्छ ।

इन्डक्सन चुल्हो प्रयोग गर्नका लागि न्यूनतम १६ एम्यियरको पावर बोर्ड आवश्यक पर्छ । यस्तै २००० वाट बराबरको करेन्ट चाहिन्छ ।

प्रयोगकर्ताको अनुभवका आधारमा कस्ता इन्डक्सन चुल्हो उपयुक्त हुन्छ । कस्तो इन्डक्स्न किन्दा फाइदा हुन्छ भन्ने बारेमा जानकारी जिऔं ।

पावर
इन्डक्सन चुल्हो खरिद गर्दा सबैभन्दा ध्यान दिनुपर्ने विषय भनेकै त्यसको पावर हो । जति बढीको पावर हुन्छ, त्यति नै चाँडो खाना पाक्छ । सामान्यता इन्डक्सनमा १००० देखि २००० वाट क्षमता हुन्छ । बजार मूल्यका आधारमा जति बढी पावर हुन्छ, त्यति नै बढी पर्ने गरेको छ । विशेष गरी इन्डक्सनभित्र रहेको क्वाइल र त्यसको पावरसँग नै यसको मूल्य जोडिएको हुन्छ ।

प्रि सेट
बजारमा प्रयोगकर्ताको सजिलोका लागि इन्डक्सन उत्पादक कम्पनीले प्रि सेट मेन्यू पनि राखेका हुन्छन् । त्यसले कुन खाना पकाउँदा कति तापक्रम चाहिन्छ भन्ने कुरा निर्धारण गर्ने गरी व्यवस्था गरिएको हुन्छ ।

त्यसका लागि तपाईले शुरुमा कति तापक्रममा पकाउने हो, त्यसको निर्धारण गरेमात्रै हुन्छ । यस्तो सुविधा भएको चुल्हो नेपालका लागि बढी उपयुक्त हुन्छ ।

सुरक्षा
सामान्यतया मानिसहरुमा इन्डक्सनमा खाना पकाउँदा करेन्ट लाग्छ कि भन्ने डर पनि रहेको छ । सोही कारण चुल्हो खरिद गर्दा त्यसको सुरक्षा प्रणालीको बारेमा पनि ध्यान दिन जरुरी हुन्छ ।

केही कम्पनीका चुल्होमा भाडा निकाल्ने बित्तिकै तापक्रम घट्ने प्रणाली राखिएको हुन्छ । त्यसलाई अटो प्यान डिटेक्सन भनिन्छ । त्यो भनेको तपाईले प्यानबाट भाडा निकाल्ने बित्तिकै तापक्रम घटी हाल्छ र राख्ने वित्तिकै पुनः बढ्न थाल्छ । यसको अर्को फाइदा पनि छ । यदि तपाईले चुल्हो बन्द गर्न बिर्सनु भयो भने पनि यो आफै बन्द हुन्छ । यस्तो विशेषता भएको चुल्होले आगलागी हुने जोखिम पनि कम गर्छ ।

दिनभरी काममा खटिनेका लागि यस प्रकारको चुल्हो महत्वपूर्ण हुने देखिन्छ । सुरक्षाका फिचर बढी भएका चुल्हो खरिद गर्न नै प्रयोगकर्ताले सुझाव दिने गरेका छन् ।

प्यानको आकार
यस्तै, चुल्हो खरिद गर्दा प्यानको आकारलाई पनि ध्यान दिन जरुरी हुन्छ । बजारमा चुल्हो ठूलो र सानो दुवै आकारको पाइन्छ । चुल्हो भाडा भन्दा सानो भयो भने त्यसले काम गर्दैन । भाडाको साइज र चुल्हो दुवै मिल्नुपर्छ । त्यसका कारण खरिद गर्दा प्यानको आकार र त्यसको साइजलाई पनि ध्यान दिन जरुरी छ ।

पानी नपस्ने ग्यारेन्टी
बजारमा पाइने जस्ता पायो त्यस्ता इन्डक्सनमा खाना पकाउँदा कुनै न कुनै रुपमा खानाको वाफ वा पानी चुहियो भने खराब हुने खालका ग्लास राखिएको हुन्छ । अधिकांश इन्डक्सन बिग्रनुको पछाडि सोही कारण रहेको पाइएको छ । इन्डक्सन खरिद गरेको केही समयभित्र बिग्रियो भने त्यसको कुनै अर्थ भएन त्यसकारण इन्डक्सनको भित्रपट्टी रहेको क्वाइल वा अन्य उपकरणमा पानी नपस्ने खालको सुरक्षा उपकरण भएकाको खरिदमा ध्यान दिन जरुरी छ ।

केही कम्पनीको इन्डक्सन चुल्हो
बजारमा २००० देखि ४००० हजार मूल्यसम्मका इन्डक्सन पाइन्छन् । इन्डक्सनको क्वालिटीमा विशेष ध्यान दिनु जरुरी हुन्छ । जानकारहरुका अनुसार उषा कम्पनीको कुक जोय ३६१६ मोडलको इन्डक्सन औसतमा प्रभावकारी मानिएको छ । यसको पीक पावर १६०० वाट बराबर रहेको छ ।

यसमा भोल्टेलमा आउने उतारचढावलाई पनि व्यवस्थापन गर्ने प्रणाली राखिएको छ । ग्लास कुकटप समेत छ । यसमा अटो स्वीचअप समेत छ । प्यान सेन्सर टेक्नोलोजी समेत रहेकाले पनि भाडा राख्नेबित्तिकै इन्डक्सन चल्न थाल्छ । यो कूल तौल २.७५ किलो रहेको छ ।

यस्तै, भी गार्ड कुक टप पनि प्रयोगकर्ताले राम्रो मानेका छन् । यसको अधिकतम क्षमता १६०० वाट को रहेको छ । २.५ किलो तौलको यो इन्डक्सन १ वर्षको वारेन्टी रहेको छ । यसको मूल्य बजारमा ४ हजार २०० रुपैयाँसम्म पर्न जान्छ ।

यस्तै, बजाज कम्पनीको आसिएक्स ७ पनि राम्रो इन्डक्सनको रुपमा रहेको छ । यो कूल १९०० वाट क्षमताको हो । यसको कूल तौल ३.७ किलोको रहेको छ ।

त्यस्तै फिलिप्स कम्पनीका इन्डक्सन समेत राम्रो मानिन्छ । यसको कूल क्षमता २१०० वाट रहेको छ । यसमा खाना पकाउनका लागि प्रि सेट टाइम गर्न सकिन्छ । यो कुल २.८ किलो तौलको रहेको छ । यो कम्पनीको इन्डक्सन ६ हजार रुपैयाँको हाराहारीमा पाइन्छ ।

यस्तै, बाल्ट्रा कम्पनीको इन्डक्सनको प्रयोग पनि नेपालमा उल्लेख्य मात्रामा भइरहेको छ । सो कम्पनीको चुल्हो औसतमा ४००० रुपैयाँमा पाइन्छ ।

माइक्रो क्रिष्टल ग्लास टप भएको, अटो स्वीच अफ फिचर, प्रि सेट टाइमर भएका र ३ किलोसम्मको तौल भएका इन्डक्सनलाई राम्रो मानिन्छ । सस्तो भन्दा बजारमा वारेन्टी भएका र धेरै सुविधा भएका इन्डक्सन खरिद गर्दा त्यसबाट फाइदा लिन सकिने प्रयोगकर्ताको अनुभव छ ।

बजारमा इन्फारेड हिटर पनि पाइन्छ । त्यसको मूल्य पनि फरक फरक रहेको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg