pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

एसियाली खेल महाकुम्भ : १९औं एसियाडको भब्य सुभारम्भ

380678641_334241305738607-1695521409.jpg

 

blog

 

 

हाङझाउ, असोज ६ गते । एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को भब्य उद्घाटनसहित सुभारम्भ भएको छ ।

चीनको हाङझाउस्थित हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार भब्य समारोहबिच चिनिया राष्ट्रपति सि जिन पिङले औपचारिक रुपमा उद्घाटन उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल …प्रचण्डÚ, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष, ओलम्पिक काउन्सिल अफ एसियाका कार्यबाहक अध्यक्ष, विभिन्न देशका राष्ट्रप्रमुखको समेत उपस्थिति रहेको थियो ।

एसियाडको औपचारिक उद्घाटन शनिबार गरिएपनि फुटबल, क्रिकेट र भलिबलका खेलहरु चारदिन अघिनै सुरु भईसकेका छन् । 

उद्घाटन समारोहको सुरुमा …वाटर इन अटुमन ग्लोÚ नामक ओपनिङ प्रदर्शन गरिएको थियो । त्यसपछि एसियाडमा सहभागी ४५ वटै देशका खेलाडी र अफिसियलले मार्चपास गरेका थिए । उद्घाटन अवसरमा सहभागि खेलाडी र जजकोतर्फबाट एक एक जनाले सपथ समेत लिएका थिए ।

उद्घाटन समारोहममा एसियाडका लागि तय गरिएको अफिसियल गीत …द लभ वि सेयरÚ को प्रस्तुती पनि दिईएको थियो । उद्घाटन अवसरमा कलाकारले चिनिया सस्कृृति झल्कने रोचक प्रस्तुती समेत पस्किएका थिए । 

उद्घाटन समारोहअघि शनिबार नै  टेबलटेनिस र सेलिङका केही खेल सम्पन्न भएका छन् । एसियाडको उद्घाटन स्थल बिग लोटस स्टेडियम कमलको फूलजस्तै चिटिक्क परेको देखिन्छ । एसियाडको औपचारिक समापन पनि यही स्टेडियममा हुनेछ ।

 

कोरोना भाईस कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्षपछि आयोजना गरिएको यस एसियाडमार्फत चीनले आफू कति सुरक्षित छु भन्ने सन्देश समेत दिएको छ । कोभिड-१९ को महामारी चीनबाटै सुरु भएको थियो । 

१९औं एसियाडको नारा …हार्ट टु हार्टÚ अर्थात मुटु देखि मुटुसम्म भन्ने रहेको छ । उद्घाटन समारोहलाई भब्य र शब्य बनाउन चीनले हजारौं स्वयंसेवक खटाएको थियो । एसियाडका  लागि हाङझाउ शहर समेत बेहुली जस्तै चिटिक्क सजाईएको छ ।एसियाड आयोजना गरिएको यस सहर अलीबाबाका संस्थापक ज्याक माँ को जन्म थलो समेत हो । प्रविधिको शहर मानिने हाङझाउलाई पहाड र तालको शहरको रुपमा पनि चिनिन्छ ।

चीनले तेस्रो पछक एीसयाड आयोजना गरेको हो आयोजनाको दृष्टिले यस एीसयाड अहिलेसम्मकै ठूलो एसियाली खेलकुद प्रतियोगिता हो । खेलाडी सहभागिताको हिसावले यसलाई हालसम्मकै ठूलो एसियाडको रुपमा दिईएको छ ।

 

४० खेल समावेश यस एसियाडमा १२ हजार ४१७ खेलाडीको सहभागिता रहेको छ । चीनले यसअघि सन् १९९० र २०१० मा एसियाड आयोजना गरेको थियो । १६ दिन चल्ने एसियाडका लागि ५४ खेल स्थल तय गरिएको छ । 

बीरबहादुर र निमाले बोक्कुभयो नेपालको झण्डा

यसैबीच उद्घाटन सत्रमो मार्चपासमा नेपालको झण्डा बीरबहादुर महरा र उशुकी निमा घर्तीमगरले बोक्नुभएको छ । एसियाडमा एक-एक महिला र पुरुष खेलाडीले मार्सपासमा झण्डा बोक्न पाउने नियम अनुसार नेपालबाट दुई खेलाडीले मौका पाउनुभएको हो ।

 

यस एसियाडमा नेपालबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहेको छ । जसमा महिलामा एक सय २७ र पुरुषमा एक सय २६ खेलाडी सहभागी हुनुहुन्छ । यो सहभागिता संख्या एीसयाडमा अहिलेसम्मकै ठूलो हो ।

 

नेपालले पहिलो पटक महिला फुटबल, महिला भलिबल, महिला ह्यान्डबल, महिला कबड्डी, पुरुष रग्बी, इस्पोर्ट्स र डान्स स्पोर्ट्समा प्रतिस्पर्धा गरेको छ ।

 

पुरुष भलिबलमा नेपाल यसअघिनै समूह चरणबाट बाहिरिएको छ । नेपालले यसपटक तेक्वान्दो, बक्सिङ र करातेसहित ब्रेकिङ डान्स, इस्पोर्ट्स जस्ता खेलबाट पदकको अआशा गरेको छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...