pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

उत्तरी मकवानपुरमा विद्युत अनियमित हुँदा सास्ती 
२० कि.मी लाईन ४ महिनामा पनि निर्माण भएन 

news-photo-1658539571.jpg

उत्तरी मकवानपुर क्षेत्रमा सार्वजनिक विदामा दिनभर लाईन जाने सूचना नियमित जस्तै आउँदा जनजिवन कष्टकर बनेको छ । विगत ४ महिना देखि उत्तरी मकवानपुरमा विद्युत मर्मतको बाहानामा प्राधिकरणले अनियमित रुपमा लाईन काट्दा जनजीबन कष्टकर बनेको हो । 
धोर्सिङ्ग देखि मार्खु सम्मको लाईनमा रहेको नाङ्गो तार हटाएर कालो तार राख्न काम शुरु गरेको ४ महिना विति सक्दा पनि ठेकेदारले काम नसक्दा र प्राधिकरणले काम गराउन नसक्दा जनता सास्ती बेहोर्न बाध्य भएका हुन् ।
 धोर्सिङ्ग देखि मार्खु सम्मको करिब २० कि.मी. लाईन निर्माणकार्य ४ महिनामा पनि नसक्नु कार्यालयको लापरर्बाही भएको स्थानियको आरोप छ । 
वैशाख महिनाभर दिन भर जस्तै र त्यस पछि सार्वजानिक विदा सहित अन्य दिनमा पनि दिन भर जसो लाईन काटिदा यस क्षेत्रका उद्योग व्यावसाय कलकारखाना लगाएत शिक्षण संस्था मारमा परेका छन् । 
शनिवार तथा सार्वजानिक विदाको दिन होटलमा दिनभर आन्तरिक र बाह्य पर्यटकले भरिने थाहा नगर र ईन्द्रसरोवर गाँउपालिकामा लाईन अनियमित हुँदा ईन्टरनेट समेत चलाउन नपाउने भएकाले तथा मनोरञ्जनको सामान चलाउन नपाउदा पर्यटक घटेको थाहा होटल एसोसियसनका अध्यक्ष शिवकुमार खत्रीले आक्रोश पोखे । 
लाईन अनियमित हुँदा जनजीवन रहित  विद्यालयका परिक्षा प्रभावित भएको भन्दै पाल्ुङ्ग मोडर्न स्कुलका प्रिन्सीपल मनोज रायमाझीले प्राधिकरणले ज्यादती गरेको र तत्काल विद्युत नियमित नगरे संघर्षमा उत्रने अवस्था आएको बताए । 
उत्तरी मकवानपुरमा सामान्य हावाहुरीमा वा पानी पर्दा सधैं जसो वत्ती अनियमित हुने र त्यसमा पनि प्रधिकरणले मर्मतका बाहानामा नियमित बत्ती काट्दा समस्या भएको गुनासो बढेको समस्या राख्दा पालुङ प्राधिकरणका प्रमुख विरमान रास्कोटीले ठेकेदार सँग दक्ष जनशक्ती नभएको र ठेकेदारले नियमित काम नगरेकाले समस्या आएको बताएका छन् । अझै मार्खु सम्म ५ पटक र विवादित ठाँउमा काम गर्न ४ पटक सटडाउन गर्नु पर्ने बताउदै उनले छिटो काम सक्न दवाव दिने पनि बताए । 
उता निर्माणको जिम्मा लिएको विडारी कन्स्ट्रक्सनले भने लाईन तान्न विवाद भएको ठाँउमा कार्यालयले विवाद नमिलाउदा काम नसकिएको आरोप लगाएको छ । 
उत्तरी मकवानपुरमा एक मात्र स्रोत धोर्सिङ्गको लाईन मात्र भएकाले वैशाख महिनामा कार्यालयमा भएको सर्बदलिय तथा सर्ब पक्षिय छलफलमा बिहान बेलुका मिलाएर लाईन काट्ने तथा छिटो काम सक्ने भने पनि प्राधिकरणले र ठेकेदारले हेपेर दिनहुँ जस्तो लाईन काटेको स्थानियको आरोप छ ।  

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...