Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई
मेयरकप भलिबलको उपाधी छात्र तर्फ जनकल्याण र छात्रा तर्फ मत्स्यनारायण माबिको पोल्टामा

FB_IMG_1769861091399-1769861227.jpg

आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई
थाहा नगरपालिका–२०८२ अन्तर्गत आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले हात पारेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले यसपटक पनि प्रतियोगितामा वर्चस्व कायम गरेको हो। योसँगै जनकल्याणले आठौँ पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको छ।
प्रतियोगितामा जनकल्याण माविले १७ स्वर्ण, ११ रजत र ६ कास्य पदकसहित कुल ३४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी स्वच्छन्द भैरव माध्यमिक विद्यालयले ७ स्वर्ण र २ कास्य पदकसहित ९ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्दा बागेश्वरी माध्यमिक विद्यालयले ४ स्वर्ण, ९ रजत र ७ कास्य पदकसहित २० पदक प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएको छ।
उपाधिसँगै प्रथम हुने जनकल्याण माविले नगद रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने विद्यालयले नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
यसै अवसरमा सञ्चालन गरिएको मेयरकप भलिबल प्रतियोगिता अन्तर्गत छात्र तर्फ जनकल्याण माध्यमिक विद्यालय र छात्रा तर्फ मत्स्यनारायण माध्यमिक विद्यालय उपाधि विजेता बनेका छन्। फाइनल खेलमा छात्र तर्फ जनकल्याणले बज्रबाराही माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि हात पारेको हो भने छात्रा तर्फ मत्स्यनारायणले दुर्गादेवी माध्यमिक विद्यालयलाई हराउँदै उपाधि चुमेको हो।
मेयरकप भलिबल प्रतियोगितामा प्रथम तथा उपविजेता टोलीले नगद रु २० हजार तथा द्वितीय हुने टोलीले नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
भलिबलतर्फ छात्र वर्गमा जनकल्याणका सुजल कार्की उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रा वर्गमा दुर्गादेवी माविकी नन्दी गोले उत्कृष्ट खेलाडी बन्न सफल भइन्।
कबड्डी छात्र तर्फ बज्रबाराही मावि प्रथम हुँदा दोस्रो जनकल्याण मावि, र तेस्रो इअन एकेडेमी बागेश्वरी माबी हुन सफल रहे तेसै गरि
कबड्डी छात्रा तर्फ प्रथम जनकल्याण मावि हुँदा दोस्रो मत्स्यनारायण मावि, तेस्रो इन्द्रायणी र बागेश्वरी मावि हुन सफल रहे
कराते बिधा तर्फ स्वच्छन्द भैरव मावि ले ७ संवरण सहित प्रथम प्रथम हुन सफल रह्यो तेसैगरी मार्चपास तर्फ  प्रथम पालुङ भ्याली हार्ट, दोस्रो नाट्यश्वर मावि, तेस्रो दुर्गादेवी मावि हुदा
एथलेटिक्स छात्रा तर्फ ७ स्वर्ण सहित जनकल्याण मावि प्रथम हुँदा छात्र तर्फ पनि ६ स्वर्ण सहित जनकल्याण माबी प्रथम हुन सफल रह्यो।
प्रतियोगितामा १७ विधामा कुल १ हजार ३१८ जना विद्यार्थी खेलाडी सहभागी भएका थिए। थाहा नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी १८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको यो प्रतियोगिता थाहा नगरपालिका शिक्षा शाखाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा तीन दिनसम्म सञ्चालन गरिएको थियो।
तीन दिनसम्म चलेको प्रतियोगिताको समापन समारोह थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको थियो। समापन कार्यक्रममा वक्ताहरूले विद्यालयस्तरबाट खेलकुद विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

हेर्नुस पदक तालिका -:

FB_IMG_1769861205295-1769861228.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg