himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

आज ग्याल्पो लोसार मनाइँदै, सार्वजनिक बिदा

FB_IMG_1676950445223-1676950457.jpg

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो लोसार विविध कार्यक्रम आयोजना गरी आज भव्यरूपमा मनाइँदैछ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ क्ष्यू मो ह्ये लो (खरायो वर्ष) मनाउन लागेका हुन् । नेपालको हिमाली र पहाडी क्षेत्रहरुमा बसोबास गर्ने आदिबासी जनजातिहरु शेर्पा, भोटे, तामाङ, गुरुङ, ह्योल्मो, डोल्पो, मनाङगे तथा मंगोल समुदायले मनाउने लोसारको शब्दिक अर्थ लो बन्नले वर्ष वा साल भन्ने हुन्छ भने सार को अर्थ नयाँ भन्ने हुन्छ । यसैले लोसारको अर्थ ’नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । हिमाली बौद्ध समुदायमा नाग्ची ज्योतिषशास्त्र प्रचलित छ, यो पात्रो अनुसार १२ वर्षको एक चक्र हुन्छ र प्रत्येक बर्षलाई विभिन्न जीवजन्तुको नामबाट नामाकरण गरिएको हुन्छ ।

जसअनुसार क्ष्यू मो ह्ये लो ग्याल्पो लोसार आजबाट सुरु हुन्छ । मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरि गणना गरिन्छ । दोतु अनुसार आज मंगलबारबाट बाघ वर्ष पूरा भई नयाँ चक्र खरायो वर्ष सुरु भएको छ ।

ग्याल्बो लोसार फागुन शुक्ला प्रतिपदाको दिनदेखि शुरु हुन्छ । बिक्रम सम्बत, भारतको राजा विक्रम अदित्यको नामबाट शुरु भए जस्तै भोटको पहिलो राजा ड्याठी चेन्बोबाट शुरु भएको भोट सम्बतलाई आधार मानेर नयाँ बर्ष मनाउने भएकोले यो लोसारलाई ग्याल्वो लोसार भनिएको भन्ने तथ्य हिमाली क्षेत्रहरुमा प्रचलित बृहत शब्द कोषहरुमा उल्लेख गरेको पाईन्छ, जस अनुसार यो वर्ष २१५० औ ह्यो लो (खरायो वर्ष) को लोसार हो । लोसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो लोसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।

ग्याल्पो लोसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg