Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

आग्रा स्पोर्ट्सले दुईवटा घैटो र कोब्रा ग्याङले एउटा घैटो फुटाउदै सक्कियो यस बर्षको कृष्ण जात्रा

FB_IMG_1755481642031-1755481654.jpg

मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णअष्टमी अवसरमा आयोजित घैटो फुटाई प्रतियोगितामा आग्रा स्पोर्टस् पहिलो भएको छ । प्रथम भएसँगै नगद ३० हजारसहित पुरस्कार पाएको छ । हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट आयोजना शिखरकोट कृष्ण मन्दिर परिसरमा हुने प्रतियोगितामा कोब्रा ग्याङ थाहा–४ दोस्रो भएको छ । दोस्रो हुने टिमले नगद २० हजार पुरस्कार पाएको छ ।
प्रतियोगितामा तेस्रो पुरस्कार पनि आग्रा स्पोर्टले नै हात पारेको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिमले नगद १५ हजार पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः साझा रोडा ढुङ्गा उद्योगका उद्योगपति रामराजा केसी, श्री रम्बा देवी स्याण्ड एण्ड एग्रीग्रेटस प्राईभेट लिमिटेड थाहा ८ का सञ्चालक अर्जुन थापा र गोरखनाथ बालुवा प्रसोधन केन्द्रका प्रोपाइटर सन्तोष बिष्टले प्रायोजन गरेका थिए ।
प्रतियोगिताको लागि तीन दिन्दाभिन्दै स्थानमा घैटो झुण्ड्याइएको थियो । पुरस्कार वितरण, फुड फेस्टिबल तथा जात्रा समापन समारोह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यताामा भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, प्रमुख प्रशासकीइ अधिकृत सुरेन्द्र प्रधान, स्थानीय राजनीतिक दलका प्रतिनीधिहरु, वडाध्यक्ष तथा जनप्रतिनीधिहरुलगायतको आतिथ्यता रहेको थियो ।
मेलामा थाहानगर सहित मकवानपुरका इन्द्रसरोवर, भीमफेदी, हेटौंडा, कैलाश गाउँपालिका तथा धादिङका समेत दर्शकहरु आएका थिए । थाहानगरमा यसकिसिमको प्रतियोगिता २८ वर्षअघि वि.सं. २०५४ सालबाट शुरु भएको हो । मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेको थियो।
मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि  टिम टेलिभिजन,थाहापाटी,पालिका प्रेस,थाहा टाइम्स,नागरिक समाचार,साझाकुरा दैनिक,सत्मार्ग अनलाइन मेलाका अफिसियल मिडिया रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...