jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विश्व

अमेरिका फेरि आणविक बम निर्माणको तयारीमा जुट्यो

bomb_nPbQaJAsBF-1595490672.jpg

एजेन्सी । रुस र चीनको खतरालाई मध्यनजर गर्दै अमेरिकाले फेरि आणविक बम बनाउन जुटेको छ । अमेरिकाले आगामी १० वर्षमा यसको औधोगिक उत्पादनमा ७० हजार करोड खर्च गर्ने प्रस्तावलाई अघि बढाएको छ । यसको उत्पादन अमेरिकाको क्यारोलिनास्थित सवाना नदीको किनारमा रहेको कारखाना र न्यु मेक्सिकोको लस अल्मोसमा हुने जनाइएको छ । अमेरिका र रसियाको शीतयुद्ध चलिरहेका बेला साभना नदी किनारमा रहेको आणविक हतियार उत्पादन कारखानाले आणविक हतियारहरुका लागि ट्रिटियम र प्लुटोनियम उत्पादन गरेको थियो । त्यसबेला २ लाख एकडमा फैलिएको यस कारखानामा हजारौं व्यक्तिले काम गरेका थिए । अहिले त्यहाँबाट निकै धेरै रेडियोधर्मी तरल पदार्थ(फोहोर) संकलन गरिएको छ । अमेरिका र रसिया (रुस)को शीतयुद्धपछिको ३० वर्षपछि फेरि यहाँ आणविक हतियार उत्पादन गर्न लागिएको हो ।

अमेरिकी संस्था नेशनल न्यूक्लियर सेक्युरिटी एडमिनिस्ट्रेशन (एनएनएसए) (जो अमेरिकाको ऊर्जा विभागको एक अंग समेत हो) ले त्यहाँ आणविक हतियार निर्माणको काम सुरु गरेको हो । उक्त संस्थाले अहिले भएका आणविक हतियार निकै पुराना भैसकेको जनाउँदै ती हतियारलाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । उक्त संस्थाले नयाँ प्रविधि बढी सुरक्षित हुने विश्वास व्यक्त गर्दै हतियार निर्माणको काम सुरु गरेको छ । तर उक्त संस्थाले थालेको कामबाट भने त्यहाँका स्थानीय वासिन्दामा त्रास उत्पन्न भएको छ । यदि आणविक हतियार निर्माणको काम सुरु भएमा मानिसहरु विकिरणको चपेटामा पर्न सक्ने उनीहरुको प्रतिक्रिया रहेको छ । अघिल्ला राष्ट्रपति बाराक ओबामाको कार्यकालमै अमेरिकी कंग्रेस उक्त कारखानामा आणविक हतियार निर्माणको काम सुरु गर्न सहमत भएको थियो ।

पछि सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यो योजनालाई अनुमोदन गरेका थिए । यो कारखानमा प्लुटोनियमका बलहरु निर्माण गरिनेछन्, जसले आणविक हतियारहरुमा ट्रिगरको रुपमा काम गर्दछ । ती वार्षिक रुपमा ८० ओटा निर्माण गर्ने लक्ष्य राखिएको छ । जुन दक्षिण क्यारोलिनामा ५० र न्यु मेक्सिोकामा ३० ओटा निर्माण हुनेछन् । उक्त योजनाबारे विश्व सुरक्षा मामिला विज्ञ स्टीफन यङ्ग भन्छन्, ‘यो योजना महंगो मात्र छैन, निकै खतरनाक पनि छ ।’ कारखानाना नजिकै बस्ने स्थानीय बासिन्दा ७० वर्षीय पिट लाबारज भन्छन्, ‘यो निकै खतरा पनि हुन सक्छ, किनभने नयाँ प्रविधि सुरक्षित नै हुन्छ भन्ने कुनै त्यस्तो प्रमाण पाइएको छैन ।’

यद्यपि, एनएनएसले यो काम अमेरिकाले नरोक्ने दाबी गर्दै आएको छ । उक्त संस्थाका अनुसार जति काममा ढिलाई गरियो त्यति नै राष्ट्रिय सुरक्षा जोखिममा मात्र पर्ने छैन, औधोगिक उत्पादन लागतमा पनि निकै वृद्धि हुनसक्छ । त्यसकारण यो काम तत्काल सुरु गर्ने तयारीमा संस्था लागिरहेको छ । स्टकहोम इन्टरनेश्नल पिस रिसर्च इन्स्च्यिुटका अनुसार अमेरिकासँग अहिले ७ हजार ५ सय ५० वटा आणविक हतियार रहेका छन् । उसले १७ सय ५० वटा आणविक बमहरु मिसाइल र र बमवर्षक विमानमा तैनाथ गरेको छ । यीमध्ये १ सय ५० आणविक बम युरोपमा तैनाथ छन्, ताकि रुसलाई निगरानी गर्न सकियोस् । -दैनिक भाष्कर

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...