pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

अखिल क्रान्तिकारी कपको उपाधि तासिर एकेडेमीलाई

FB_IMG_1760453814626-1760453910.jpg

मकवानपुर ।अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको उपाधि तासिर एकेडेमीले जितेको छ ।

मंगलबार हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा तासिर एकेडेमीले रस्सल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तासिर एकेडेमीका अक्षय डंगोल, उत्कृष्ट गोलकिपर तासिरका सुदन मैनाली भएका थिए ।
यस्तै प्रतियोगिताको उच्च गोलकर्ता तासिरका एलेक्स आचार्य भएका थिए । उनले प्रतियोगिता अवधिमा ३ गोल गरेका थिए । बिधागत उत्कृष्ट भएकाहरुलाई टर्फीद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा नेकपा ९माओवादी केन्द्र०का महाधिवेशेन आयोजक समिति सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, महाधिवेशेन आयोजक समिति सदस्य बिजय गौतम, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रीन, बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) सदस्य बिवेक राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी, सदस्य होमनाथ चौलागाई (यादब), अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य राजेन्द्र मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।

सोमबारबाट सुरु भएका प्रतियोगितामा ८ बिद्यालयको सहभागिता रहेको थियो ।

FB_IMG_1760453817593-1760453911.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...