Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

नरिवलको पानी , राजमार्ग किनारमा फस्टाउँदो व्यवसाय 

हिजो आज नरिवलको पानी खाएर राजमार्ग किनारमा थकाइ मार्ने यात्रुको संख्या बढ्दै गए सँगै राजमार्गमा किनारमा एक वर्ष देखि नरिवलको पानी र उखुको रसको व्यापार गर्दै आएका  दिलिप गुप्ताको व्यपार पनि फस्टाएको छ । 
एक वर्ष अगाडी व्यपार शुरु गर्दै गर्दा राजमार्गमा गुडिरहेका गाडीलाई नरिवलको दाना देखाउदा देखाउदै हात गलेर थाक्ने २५ वर्षिय दिलिपको हिजो आज नरिवलको पानी दिएर हात थाक्छन । तर उनको त्यो थकाई कमाईले विर्साउछ । 
पुर्व पश्चिम राजमार्गको बारा जितपुर उपमहानगरपालिका २२ अन्तर्गत २ नं. पुल किनारमा नरिवलको पानी र उखुको रस बेच्न शुरु गरेका भारत बिहारका दिलिप गुप्ता अहिले सबैको प्रेरणा बनेका छन् । किनकी अहिले उनको कामको सिको गरि त्यस क्षेत्रमा सोही प्रकृतिका पसल बढ्न थालेका छन् ।


राजमार्गमा यात्राका क्रममा थकाई र प्यास मेटाउन यात्रुको गन्तव्य बनेको उक्त पसलमा आउने हरु भन्छन नरिवलको पानीको स्वाद लिन भारतको गोवा किन जानु ? 
पुर्व–पश्चिम राजमार्ग आसपासका नलिवलको पानी बेच्ने पसलमा अहिले नरिवल भारत बाट आँउछ । उखु भने ६ महिना नेपालमै उपलब्ध हुने व्यावसायीको भनाई छ । तराईका जिल्लाहरुमा फाटफुट नरिवल भए पनि नरिवलको व्यावसायिक खेति छैन तर अब खेति गर्न भने हौस्याएको छ । 
के छ नरिवलको पानीको फाईदा ?
नरिवलको पानी मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ पुरुषभन्दा महिलाका लागि नरिवलको पानी फाइदाजनक मानिन्छ ।
विशेषगरी, गर्भवती महिलाका लागि नरिवलको पानी उपयोगी सिद्ध भएको छ । नरिवलको पानीमा हुने विभिन्न प्रकारका लवण, भिटामिन ‘सी’लगायतका तत्त्व गर्भवती महिला र गर्भको भ्रुणलाई निकै उपयोगी हुन्छ । नरिवलको पानी नियमित पिउने महिलामा मूत्रनलीको संक्रमणको खतरा पनि कम हुन्छ ।

  •  शरीरमा पानीको कमीले माइग्रेन वा टाउको दुखाइ हुन सक्छ । यस्तो अवस्थामा नरिवलको पानीले शरीरमा इलेक्ट्रोलाइट आपूर्ति गरेर पानीको स्तरलाई समेत बढाउँछ र टाउको दुखाइमा कमी हुन्छ ।
  • पिसाब पोल्ने, शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन ९शरीरमा पानीको मात्रा कम हुने०े समस्याबाट मुक्ति पाउन नरिवलको पानी उपयुक्त मानिन्छ ।
  •  नरिवलको पानी उच्च रक्तचाप नियन्त्रणमा सहयोगी हुन्छ । यसमा भएका भिटामिन ‘सी’, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।
  •  नरिवलको पानीले तौल घटाउन सहयोग गर्छ । यसमा कम मात्रामा क्यालोरी हुनाले यो सजिलै पच्छ ।
  •  नरिवलको पानी छाला वा सुन्दरताका लागि निकै प्रभावकारी मानिन्छ । साथै नरिवलको पानी बेलुका अनुहारमा लगाएर सुत्ने र बिहान उठेर सफा गर्नाले अनुहारको दाग हराउँदै जान्छ । साथै कपालमा चम्काउन र दह्रो बनाउन पनि नरिवल पानी उपयोगी हुन्छ ।
  •  पिसाब पोल्ने समस्या छ भने त्यसबाट मुक्ति पाउन नरिवलको पानी पिउनु उत्तम उपाय मानिन्छ ।
  •  मिर्गौलाको पत्थरी, कालोपोतो, डन्डिफोर र आँखाको कालो घेरो ९डार्क सर्कल० हटाउन पनि नरिवलको पानी उपयोगी मानिन्छ ।
  •  नरिवलको पानीले गर्भवती महिलामा बिहानपख हुने बान्ता रोक्न सहयोग गर्छ ।
https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg