pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

काठमाडौं-हेटौंडा सुरुङमार्गको वियोगान्तः दोषी शुवासचन्द्र ठकुरी पनि

हेटौंडा, २७ भदौ । काठमाडौं(हेटौडा सुरुङमार्ग अन्ततः खारेजीको संघारमा पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले लामो समयसम्म काम नभएको भन्दै परियोजना नै खारेज गर्ने घोषणा गरिसकेका छन् । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग निर्माण गर्न गरेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । आयोजनाको काम २०७१ बाट सुरु हुनु पर्ने थियो । तर, अहिलेसम्म यसले सुरुङ निर्माणका लागि खोस्रने कामसमेत गरेन । कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो । तर निर्माण सकिन पर्ने म्यादसम्म पनि कम्पनीले आर्थिक प्रतिवेदन बुझाउन सकेन । यो आयोजना ३७ अर्बमा बन्ने आंकलन गरिएको थियो । पछिल्लो पटक म्याद थपको माग गर्दै पूर्वाधार विकास कम्पनीले भौतिक पूर्वाधार मन्त्रालयमा बुझाएको रिपोर्टमा भने ५० अर्बको हाराहारीमा लागत लाग्ने उल्लेख गरिएको छ । किन भयो असफल रु सञ्चालक समितिका विभिन्न पदाधिकारीहरुको अकर्मण्यता र आर्थिक चलखेलले नै यो परियोजना असफल बनेको हो । पूर्वअध्यक्ष कुशकुमार जोशी यसका प्रमुख दोषी हुन् । साथै यसमा भवन भट्ट, सनत न्यौपाने, सुवर्णललाल बज्राचार्य, लालकष्ण केसी, नुगल आनन्द बैद्य र सुवासन्द्र ठकुरी पनि दोषी छन् । कुशकुमारको भूमिका काठमाडौं९हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने पहल एमाले नेता एवं सांसद सुवासभन्द्र ठकुरीकोे हो । सिस्नेरी गाविसका अध्यक्ष भएका बेला उनले काठमाडौं९दक्षिणकाली हुँदै हेटौंडा जाने सडक निर्माण गरेका थिए । यसले नै उनलाई हौसाएको थियो । सुरुमा यो सुरुङमार्ग निर्माण गर्नका लागि ठकुरीले १ सय ५० जना सदस्य रहेको सहजीकरण समिति गठन भएको थियो । जसमा ठकुरी नै संयोजक रहेका थिए । सहजीकरण समितिले उद्योगी तथा व्यवसायीको पैसा उठाएर यो सुरुङमार्ग निर्माण गर्नका लागि व्यवसायीको पनि संलग्नता हुनपर्ने निर्णय गर्‍यो, जसका लागि नयाँ कम्पनी खोलेर कुशकुमारलाई अध्यक्ष बनाइयो । तत्कालिन समयमा उनी उद्योग बाणिज्य महासंघका अध्यक्ष रहेका थिए । अध्यक्ष बनेपछि उनको पहिलो जिम्मेवारी देश९बिदेशबाट आर्थिक सहायता जुटाउनु थियो । ब्यापारिक तर्फबाट सञ्चालक समितिमा कुशकुमार जोशी र प्रदिपजंग पाण्डे रहेका थिए ।ब्यापारिक समुहको जिम्मेवारी भनेको रकम जुटाउनु नै थियो । तर, अध्यक्ष बनेपछि जोशीले आफ्ना आफन्त कर्मचारीको रुपमा भर्ना गर्ने काम गरे । साथै उनी अनावश्यक रुपमा विदेश घुमघाममा व्यस्त रहे । यसैबाट कम्पनीले दुर्गतिको दिशा लिएको थियो । यस्तै निर्माण व्यवसायीको तर्फबाट सञ्चालक समितिमा सुरुमा ३ जनाको संलग्नता थियो । जयराम लामिछाने, बिक्रम पाण्डे र सुकुन्तलाल हिराचन रहेका थिए । लामिछाने कांग्रेस निकट व्यवसायी हुन् भने पाण्डे ठेकेदार एवं राप्रपा प्रजातान्त्रिकका नेता हुन् । उनी आइतबार मा वनमन्त्री बनेका छन् । अध्यक्ष जोशीले अनावश्यक भ्रमण तथा कर्मचारीको खर्च गरेको भन्दै उनीहरुले बिरोध प गिरेका थिए । हरेकजसो बैठकमा पाण्डेको अधिकांश समय जोशीको आलोचनामै बित्थ्यो । अन्तत पाण्डे सञ्चालक समितबाट बाहिरिए । सञ्चालक समितबाट बाहिरिँदै गर्दा उनले भनेका थिए, ‘लेखेर राख्नुहोस् यो कम्पनीले सुरुङमार्ग निर्माण गर्दैन, जनताको पैसा डुबाउँछ । किनकी अध्यक्ष जोशीले कम्पनीलाई आफ्ना आफन्तलाई भर्ना गर्ने थलो बनाएका छन् ।’ उनी सञ्चालक समितिबाट बाहिरिए पनि उनको १० लाख रुपैयाँ सेयर अहिले पनि कम्पनीमा छ । सुरुमा संकलन भएको रकमको ब्याजले मात्रै कार्यालय खर्च चलाउने भनिएको थियो तर, अनावश्यक रुपमा कर्मचारी भर्ना गरेपछि त्यो संभव हुन सकेन । पाण्डे बाहिरिएपछि झनै लथालिङ्ग पाण्डे बाहिरिएपछि कम्पनीका अध्यक्ष जोशी, सुवास ठकुरीलाई सञ्चालक समितिबाट हटाउने खेलमा लागे । साथै आफ्नो बहुमत पुराउनका लागि उनले प्राविधिक तर्फबाट एक जना कम भयो भन्दै नुगल आनन्द बैद्यलाई नियुक्त गरे । जबकी प्राविधिक तर्फबाट लालकृष्ण केसी सञ्चालक समितिमा थिए । सुरुमा केसी पनि जोशीकै पक्षमा लागेर सुवास ठकुरी हटाउने खेलमा सहभागी भए । तर, आफू निकट रहेको इन्जिनियरिङ कम्पनी फुल ब्राइटलाई पैसा नदिएपछि केसी र जोशीको सम्वन्धमा दरार आयो र केसी ठकुरीकै कित्तामा आए । जोशीले ठकुरीलाई सञ्चालक समितिबाट हटाउन नसक्नुको अर्को कारण हेटौंडाका स्थानिय लगानीकर्ताको बिरोध पनि थियो । स्थानीयको भावना बुझेर उनले तत्कालिन समयमा उद्योग वाणिज्य महासंघको मकवानपुरका भुवनलाल श्रेष्ठलाई स्थानीयको रुपमा सञ्चालक समितिमा ताने । जोशीले ठकुरी हटाउनको लागि श्रेष्ठलाई साथ लिए । तर, त्यो पनि सफल हुन सकेन । कम्पनीका सीईओको भूमिका पूर्वाधार विकास कम्पनीको सीईओको रुपमा नियुक्त भएका सुवर्णलाल बज्राचार्यले कम्पनीलाई राम्रो दिशातिर लानु पर्ने थियो । तर, कुशकुमारको गोटीको रुपमा आएका उनी बारम्बार ठकुरीलाई सञ्चालकबाट हटाउनका लागि मात्रै लागे । मोटो रकम तलब बुझेर सीईओ भएका उनी पनि सुरुङमार्ग डुबाउने मध्ये एक मानिन्छ । एक कम्पनीमा दुई समूहको भिडन्त जोशीले आफ्नो कित्ता बलियो बनाउनका लागि स्वतन्त्र सञ्चालकका रुपमा खुस्बु श्रेष्ठ पनि नियुक्त गरे । पानामा पेपर्समा समेत नाम निस्केका श्रेष्ठ अहिले फरार जस्तै छन् । श्रेष्ठको प्रवेशसँगै कम्पनी दुई भागमा बिभाजन भएको थियो । कुशकुमारको गुटमा नुगल आनन्द बैद्य, सकुन्तलाल हिराचन, भुवन लाल श्रेष्ठ र सुवर्णलाल बज्राचार्य रहेका थिए । ठकुरीको समुहमा लालकृष्ण केसी, जयराम लामिछाने र राजुमान महर्जन भए । अहिले दक्षिणकाली नगरपालिकाका मेयरमा चुािएका मोहन बस्नेत भने तटस्थ थिए । आफ्नो जमात ठुलो भएपछि जोशीले साना लगानीकर्ता हटाई ब्यापारी ल्याउने भनेर निर्णय पनि गराए । जसअनुसार मोहन बस्नेत र राजुमान महर्जन हटाइए र ठुला व्यवसायीको रुपमा गैरआवासीय संघ नेपालका उपाध्यक्ष रहेका भवन भट्ट भित्रिए । कसरी लगानी गरे भट्टले सुरुङमार्गमा रु भट्टले कम्पनीबारे बुझ्नकै लागि तत्कालिन समयमा सीईओ सनत न्यौपानेलाई पठाएका थिए । न्यौपानेले हचुवा तालमा कम्पनी राम्रो भएको भन्दै लगानी गर्न सुझाए र भट्टले सुरुङमार्गमा १० करोड लगानी गर्ने घोषणा गरे । भट्टको आगमनसँगै न्यौपानेलाई कम्पनीमा कार्यकारी निर्देशकको रुपमा प्रवेश गराइयो । तर, न्यौपाने पनि पुनः सुवास र लालकृष्ण केसीलाई हटाउन लागि परे । उनी सीईओ सुवर्णलाल बज्राचार्यलाई भने हटाउन सफल भए । भट्टको दोहोरो चरित्र सुरुङमार्ग बनाउन भन्दै रकम उठाएर लामो समयसम्म निर्माण सुरु नगरेपछि स्थानीयबासी आन्दोलित भए । त्यतिबेला भवन भट्टलेले दोहोरो तरित्र देखाए । स्रोत भन्छ, ‘लालकृष्ण केसीलाई अध्यक्ष बन्नुपर्छ भनेर उचाल्ने र श्रेष्ठसँग गएर केसी असक्षम भन्ने उनै हुन् । अन्त्यमा मध्यमार्गी धारको भन्दै आफैं अध्यक्ष भए ।’ भट्ट अध्यक्ष बनेपछि पनि कम्पनीमा सुधार आउन सकेन । आगामी गैरआवासीय संघ नेपालको अध्यक्ष बन्न बाधक हुने देखेपछि भट्टले पनि अध्यक्षबाट राजीनामा दिए । ठकुरीमा सत्ता तर, कम्पनी खोक्रो भट्ट बाहिरिएपछि सुवासचन्द्र ठकुरीकै कित्तामा रहेका लालकृष्ण केसी पूर्वाधार विकास कम्पनीको अध्यक्ष भए । तर, उनी अध्यक्ष हुँदा सम्ममा कम्पनी खोक्रो भइसकेको थियो । कम्पनीका बारेमा नकारात्मक टिप्पणीहरु हुन थालेको लामो समय भएको थियो । हेटौंडाका स्थानीय लगानीकर्ताले लामो समयदेखि उनलाई अध्यक्ष बनाउन खोजेका थिए । उनी अध्यक्ष भएर आएपछि पनि केहि गर्न सकेनन् । कुनै पनि विदेशी कम्पनीले लगानी गर्ने चासो देखाएन । अर्को अर्थमा उनलाई बिदेशी कम्पनीले पत्याएनन् । समग्रमा नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग बनाउने जिम्मा पाएकोे ५ वर्षसम्म खोस्रने काम समेत गर्न सकेन । जसका कारण नै सरकारले यो कम्पनीलाई दिएको अनुमति नै खारेज गर्दैछ । ३१ करोड ७६ लाख संकलन गरेको कम्पनीको हातमा अहिले बैंक ग्यारेन्टीका रुपमा राखेको पैसा मात्रै बाँकी छ । कम्पनीले २७ करोड रुपैयाँ खर्च गर्‍यो, तर हात लाग्यो शून्य ।

साभार: खबर ब्रेक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...